Friday, April 19, 2024
Homeफिचरवडाबासीको अपेक्षा धेरै

वडाबासीको अपेक्षा धेरै

- Advertisement -spot_img

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन ? कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष अन्तर्गत खोतल्ने प्रयास गरेका छौँ । यो अंकमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुमणि दाहालसँग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौँ ।


घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा पूर्वाधारलाई नै प्राथमिकतामा राखिएको थियो । वडाबासीहरुको वडामा विकासका अपेक्षाहरु त धेरै नै थियो तर हामीले समेट्ने कोसिस ग¥यौँ । वडामा सबैको योजना कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासतर्फ सडकलाई समेट्ने र दोस्रो चाहिँ अािर्थक क्रान्ति गर्ने योजना थियो । आर्थिक विकास गर्नको लागि सिंचाई र सडकलाई प्राथमिकता राखेको थियो ।

सिंचाई

घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा १७, १८ वटा डिप बोरिङबाट भल्व निर्माण गरिएको छ । त्यस्तै विभिन्न टोलमा दलजीतपुरमा करिब–करिब पाँच सय मिटर पाईप निर्माण, धारपानी, भैसा पत्र, दलितबस्ती ओदरुवा टोल, बसान्तापुर लगायतका करिब १० लाख बजेट खर्च भएको छ ।

सडक पूर्वाधार

धारपानीदेखि धर्ना हुँदै बसन्तापुर डाँगी गाउँ राजमार्गमा वैकल्पीक सडकको वडाको लक्ष्यका साथ हामीले धारपानीदेखि कप्तान चोकसम्म १४ मिटर बाटो कायम गरी स्तरोन्नति गर्ने काम गरियो । १२ मिटर दुई साईडमा एक एक मिटर नाला छोडी सडक निर्माणको काम सम्पन्न भयो । होलेरी–हापुर, नारायणपुर–ढिकपुर, डाँगी गाउँ हुँदै रिहार जोड्ने बाटो हाल डाँगी गाउँदेखि रज्जेमन्नाङेसम्म १० लाख वजेट विनियोजन भएको थियो र त्यो बाटोलाइ ट्रयाक खोली रज्जेमन्नाङेसम्म गाडी चल्ने अवस्थामा पु¥याएको छौँ । दामोदर सडकमा विभिन्न बस्तीबाट जोडिने सडकहरुलाई घोराही उपमहानगरपालिकाको मापदण्ड अनुसार कम्तीमा ७ मिटरको बाटो खोल्ने काम भइरहेको छ । विभिन्न वस्तीलार्ई जोड्ने खोलाहरुमा मिनि कल्भर्ट निर्माण गरेका छाँै । विभिन्न साईजका करिव पाँच लाख बराबरको ह्युमपाईप राख्ने काम भएको छ । त्यस्तै सात मिटरको बाटोमा ग्राभेल गर्ने काम भएको छ ।

खानेपानी

मावि धर्नामा १० लाख रुपैयाँ विनियोजन भएको थियो । डिप वोरिङ खन्ने काम पनि सम्पन्न भएको छ । विभिन्न बस्ती जहाँ खानेपानीबाट बञ्चित भएका विभिन्न बस्तीहरुमा करिब–करिब चालीसवटा खानेपानी रिङ कुवा निर्माण गरिएको छ  ।

विद्युत

विद्युतको सुबिधावाट वञ्चीत भएको वस्तीहरुमा ६५ वटा सिमेन्ट पोलहरु गाडिएको र त्यसमा तार विस्तार गर्नको लागि मात्रै बाँकी छ । यो आर्थिक वर्ष काम सम्पन्न गर्ने योजनामा छौँ ।

शिक्षा

वडा नम्बर ५ मा सञ्चालन भएका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेका थियाँै । मावि धर्नामा प्राविधिक शिक्षा सञ्चालनको लागि सिटिईभिटीमा फाईल पेस गरेर प्रकृया अगाडि बढाइसकेको र आउने शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने योजना छ ।

स्वास्थ्य

वडा नम्बर ५ को दुर्गम बस्ती रज्जेमन्नाङे, सुदुरेवसेरीमा स्वास्थ्य चौकी मार्फत स्वास्थ्य शिविर सञ्चालन गरियो । सञ्चालनमा रहेका स्वास्थ्य चौकीको भवनबाट ओपिडी सेवा र २४सैँ घण्टे प्रसूति सेवा सञ्चालनको लागि समस्या भईरहेको र सुविधा सम्पन्न भवनको लागि स्वास्थ्य मन्त्रालयबाट आर्थिक रकम उपलब्ध गराउनको लागि वडाको बैठक र नगरपालिका सिफारिस, कार्यपालिका बैठकमार्फत सबै प्रकृया अगाडि बढाएका छौँ ।


एक वर्षमा हामीलाई सिक्नै लाग्यो ।  विद्यमान अवस्थामा सबै नियम कानून बनि नसेकेको अवस्थामा अझै केही सिक्ने क्रममै छौँ । अझै स्थानीय सरकारको सम्पूर्ण अधिकार आइ नसकेको अवस्था छ । हिजो घर–घरमा सिंहदरबार भन्ने थियो अझै पूर्ण अवस्थामा भई नसकेको अवस्था छ ।


पर्यटन

पर्यटनको लागि पाण्डवेश्वर महादेव मन्दिर धार्मिकस्थल मात्र नभई पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । त्यस क्षेत्रलाई वडा नम्बर ५ को मात्रै नभएर जिल्लाकै रुपमा पहिचान गर्नको लागि गुरुयोजना तयार पारेका छौँ । त्यो गुरुयोजनामा वडाका कार्यालयको पनि सहयोग छ । नैतिक र आर्थिक दुई हिसावले सहयोग गरेका छौँ । प्रदेश नम्बर ५ बाट भौतिक पूर्वाधारको लागि दुई करोड वजेट छुट्याइएको छ । उक्त योजनालाई प्रकृया अगाडि बढाउनको लागि भर्खरै मात्र पर्यटन वन, संस्कृति मन्त्री लीला गिरीको टोली आएर अनुगमन गर्ने कामसमेत भईसकेको जानकारी गराउँछु । चाडै नै कार्यान्वयनमा जाने प्रकृयामा छ । विश्वको ठूलो त्रिशुल समेत रहेकाले धारपानीलाई चिनाएको छ । वर्तमान मन्दिर व्यवस्थापन समितिको सहयोग छ यस क्षेत्रलाई प्रवद्र्धनको लागि ।
धारपानी मन्दिरदेखि नजिकै रहेको सुनकोट मन्दिर पनि ऐतिहासिक पृष्ठभूमि बोकेको स्थान रहेको हुनाले त्यो मन्दिरसम्म जानको लागि पुरात्व विभागको स्वीकृति लिएर उत्खनन् गर्ने कामसमेत भयो । त्यहाँ खुडा, खुकुरीलगायतका ऐतिहासिक वस्तुहरु भेटिएको थियो । त्यसलाई संरक्षण गरेर मन्दिर बनाउने, त्यहाँसम्म जानलाई हजारौँ सिडी बनाउने, त्यहाँसम्म पुग्नलाई लक्ष्य पनि वडाले राखेको छ । भ्यू–टावर निर्माण गर्ने योजनासमेत रहेको छ ।

कर

कर वडाबासीको सहजताको लागि वडाबाटै अनलाईन सिस्टमबाट कर लिने व्यवस्था गरेका छौँ । हामीले कर नबढाएर करको दायरा फराकिलो पारेका छौँ । यसै सन्दर्भमा वडा नम्बर ५ मा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्नको लागि पहल गरिरहेका छौँ । जसले राजस्व संकलनमा सहयोग पुग्छ ।

औद्योगिक क्षेत्र

प्रदेश नम्बर ५ को औद्योगिक क्षेत्र घोराही उपमहानगरपालिका ३ र ५ मा पर्ने धारपानीमा जग्गामा औद्योगिक क्षेत्र स्थापनाको लागि डिपिआर बन्ने तयारी अवस्थामा छ । द्वन्द्व पीडित द्वन्द्व पीडितहरुलाई पनि बजेट विनियोजन गरिएको थियो । उनीहरुको सशक्तिकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ ।

कृषि

अगुवा किसानहरुलाई उन्नत तरिकाले खेती गर्नको लागि तालिमको व्यवस्था गरेका छौँ । निःशुल्क बिउबिजन वितरण गरियो । सिजनल अनुसार अनुदानको तोरी बिऊ वितरण गरेका छाँै ।

सामाजिक विकास

महिलाहरुलाई एक महिने लोकसेवा तयारी कक्षा सञ्चालन गरियो । अगुवा महिलाहरुलाई नेतृत्व विकास तालिम दियौँ । जनजाति, दलित, सीमान्तकृत वर्गलाई समेट्नको लागि हामीले रोजगारयुक्त एक महिने हाउस वाईरिङ तालिम सञ्चालन ग¥यौँ । जेष्ठ नागरिकहरुलाई सम्मान, न्यानो कपडा, पौष्टिक आहार प्रदान ग¥यौ । जेष्ठ नागरिक आश्रयस्थल निर्माण ग¥यौँ । जेष्ठ नागरिकहरुको परिचयपत्र घरदैलो मै गएर उपलब्ध गरायौँ । अपाङ्गहरुलाई समेट्नको लागि रिफरल तालिम, जेष्ठ अपाङ्गका छोराछोरीलाई छनौट गरी झोला, कापी कलमलगायत शैक्षिक सामाग्री वितरण ग¥यौ । जनजातिको समेट्नको लागि विभिन्न चौधरी बस्तीमा रहेका भुह्याँर थान निर्माण सम्पन्न ग¥यौँ ।

वडाको आगामी योजना

हामीले पाँच वर्षसम्मको लागि कुहिरेपानी धारपानी हुँदै डाँगीगाउँ हुँदै राप्ती राजमार्ग बखरीया जोड्ने यो सडकलाई बैकल्पीक सडकको रुपमा स्तरोन्नती गर्ने योजना छ । घोराही उपमहानगरपालिका १६, ६ नम्बर हुँदै प्रहरी बोर्डिङ लखवार हुँदै धर्ना दामोदर सडकमा जोडिने सडकलाई स्तरोन्नती गर्ने योजना छ । त्यस्तै लखवार, धर्ना बबईमा पक्की पुलको निर्माण गर्ने योजनामा छौँ । त्यस्तै सर्रा, सौडियार हुँदै वडा कार्यालयसम्म बाटोको स्तरोन्नती तथा कालोपत्रे बनाउने योजना छ । एक वडा एक प्राविधिक शिक्षालयअन्तर्गत वडा नम्बर ५ मा पनि त्यो लक्ष्य छ । वडाको पूरै वस्तीमा सिंचाई पु¥याउने, विद्युतको पहुँच पु¥याउने योजना छ । स्वास्थ्य शिक्षामा सबै वडाबासीहरुलाई पहुँच पु¥याउने योजना छ । त्यस्तै युवा स्वरोजगार पनि गराउने योजनामा छौँ ।

अनुभव

एक वर्षमा हामीलाई सिक्नै लाग्यो । विद्यमान अवस्थामा सबै नियम कानून बनि नसेकेको अवस्थामा अझै केही सिक्ने क्रममै छौँ । अझै स्थानीय सरकारको सम्पूर्ण अधिकार आइ नसकेको अवस्था छ । हिजो घर–घरमा सिंहदरबार भन्ने थियो अझै पूर्ण अवस्थामा भई नसकेको अवस्था छ । तथापि योजनाहरु सम्झौतादेखि लिएर फरफारकसम्म भुक्तानी लिदा उपमहानगरपालिकामा आउनुपर्ने वाध्यता र परिपाटी छ । यो परिपाटीले उपभोक्ताहरुलाई पनि समस्या देखिएको छ । वडाबासीको अपेक्षाहरु धेरै छन् । घोराही उपमहानगरपालिकाले बजेट बढाउन जरुरी छ । वडाबासीहरुको अपेक्षा पु¥याउन समस्या भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here