- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरवडाबाटै राजस्व संकलन

वडाबाटै राजस्व संकलन

- Advertisement -spot_img

घोराही, ३ भदौ । घोराही उपमहानगरपालिकाले थप दुईवटा वडाबाट पनि एकीकृत सम्पत्ती राजस्व संकलन थालेको छ । यो सँगै घोराही उपमहानगरपालिकाले आठवटा वडाबाट राजस्व संकलन सुरु गरेको छ । यसअघि छवटा वडाबाट राजस्व संकलन थालेको घोराही उपमहानगरले आइतबारदेखि वडा नम्बर ६ र १५ वटा पनि राजस्व संकलन थालेको हो ।
वडा नम्बर ६ मा नगर प्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष रेवबहादुर बुढाथोकीले कुन्ता सिजवाललाई जग्गाको मालपोत बुझाएको रसिद हस्तान्तरण गरेर वडाबाटै राजस्व बुझ्ने कामको थालनी गरेका हुन् । त्यसैगरी, वडा नम्बर १५ मा पनि नगर प्रमुख चौधरी र वडा अध्यक्ष रमेशकुमार पाण्डेले कमला अर्याललाई राजस्व बुझाएको रसिद प्रदान गरे । वडा कार्यालयबाटै एकीकृत सम्पत्ति कर र नगदी रसिद काट्न थालेपछि वडाबासीलाई उपमहानगरको कार्यालयमा आउनु नपर्ने भएको छ । वडाबाटै राजस्व संकलन गर्ने अभियानको सुरुवात गर्दै नगर प्रमुख चौधरीले जनतालाई घरदैलोमा सेवा दिने गरी आफूहरुले सम्भव भएसम्मका प्रयास गरेको बताए । साथै उनले राजस्व संकलनलाई व्यवस्थित गरेको बताउँदै करको दर बृद्धी नभई छुटेकाहरुलाई दायरामा ल्याउने कार्यमा आफूहरु लागेको जानकारी दिए । यस अघि उपमहानगरका २, ४, ७, १०, १४ र १८ नम्बरका वडाबाट राजस्व संकलन सुरु भैसकेको छ । यही भदौ महिनाभित्रै वडा नम्बर १ देखि १८ सम्मका सबै वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी प्राविधिक कामहरु भैरहेको उपमहानगरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here