वडाबाटै एकीकृत सम्पत्ति कर

मुख्य खबर

घोराही, २० साउन ।
घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले आगामी २३ गतेदेखि एकीकृत कर संकलन गर्ने भएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा आइतबार बसेको वडा समितिको बैठकले आगामी साउन २३ गतेदेखि वडा कार्यालयबाट कर संकलन गर्ने निर्णय गरेको हो ।
यसअघि वडामा ईन्टरनेट र जनशक्तिको अभावमा नगरबाटै संकलन हुँदै आएको एकीकृत सम्पत्ति कर वडाबाटै संकलनका लागि आवश्यक सबै तयारी पूरा भएकाले सो निर्णय गरिएको हो । बैठकले गत आर्थिक वर्षमा वडामा सञ्चालित योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आव २०७५÷०७६ मा थप प्रभावकारी बनाउने, तालिम प्राप्त सामुदायिक मेलमिलापकर्ताको सूचिकरणका लागि नगरले सूचना प्रवाह गरेकाले वडामा तालिम लिएका मेलमिलापकर्तालाई जानकारी दिने निर्णय पनि गरेको छ । यस्तै सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि साउन १ गतेदेखि निवेदन संकलन थालिएकोमा हालसम्म करिब आधा जतिले नवीकरण नगरेकाले अबिलम्व नवीकरण गर्न अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *