वक्तृत्वकलामा ज्ञानज्योतिका भुसाल प्रथम

फिचर समाज

तुलसीपुर, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तुलसीपुर नगर जेसिजले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका विषयक अन्तरक्रिया विषयक प्रतियोगितामा ज्ञानज्योति माविका प्रविण भुसाल प्रथम भएका छन् ।
१६ जना प्रतिष्पर्धीले भाग लिएको कार्यक्रममा गुरुजजुर माविका निराजन केसी द्वितीय, तुलसी माविका भुपेन्द्र वली तृतीय र हिमाल एकाडेमीकी तृसना रोकायाले सान्त्वना स्थान प्राप्त गरेका थिए । तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *