लोक संस्कृति जोगाउन ‘डोको लोक फ्युजन’

मुख्य खबर

घोराही, १७ बैशाख
घोराहीमा रहेको होटेल डोको प्रालिले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले साप्ताहिक रुपमा ‘डोको लोक फ्युजन’ कार्यक्रम गर्ने भएको छ । स्थानीय कला, संस्कृतिसँगै लोपोन्मुख बाजालाई संरक्षण गर्ने उद्देश्यले प्रत्येक शुक्रबार बेलुकी ‘डोको लोक फ्युजन’कार्यक्रम गर्ने होटलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कला संस्कृतिको माध्यमबाट दाङलाई चिनाउने मगर तथा थारु संस्कृतिहरुलको जगेर्ना गर्ने उद्देश्यले यस्तो कार्यक्रमको सुरुवात गर्न लागेको म्यानेजिङ डाइरेक्टर बसन्त जिएमले जानकारी दिए । दाङसँग जोडिएको गीत तथा बाजामार्फत कला तथा संस्कृति संरक्षण गर्ने योजनाका साथ कार्यक्रम गर्न लागिएको उनले बताए । होटलले लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ र व्याटल क्राफ्ट म्युजिक सञ्चालन गर्दै आएको नेभारा व्याण्डसँगको सहकार्यमा होटेलले मादल, बासुरी, सारङ्गी, चाप र सकरको माध्यमबाट लोक संस्कृीिको संरक्षण गर्ने प्रयास थालेको होटेलले जनाएको छ ।
पत्रकार सम्मेलनमा होटलको सहकार्यमा कला र संस्कृतिलाई बचाउने अभियानमा आफूहरु तयार रहेको प्रतिष्ठान दाङका उपाध्यक्ष राजेन्द्र दाहालले बताए । बेलुका ६ बजेपछि कार्यक्रम हुने र प्रवेशका लागि शुल्क नलाग्ने होटेल व्यवस्थापनले जनाएको छ ।
यस्तै डोको लोक फ्युजनमा लोकदोहरी, लोक पप, वेष्टर्न किसिमका साँस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र सल्लाहकार सुदिप गौतमले होटेलले पारिवारिक वातावरणमा लोक संस्कृति बनाउने अभियान थालेकोप्रति खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *