- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरलोकमणि आचार्यको स्मृति दिवस

लोकमणि आचार्यको स्मृति दिवस

- Advertisement -spot_img

तुलसीपुर, २ भदौ । दाङका कम्युनिष्ट नेता स्वर्गीय लोकमणि आचार्यको पहिलो स्मृति दिवस मनाइएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान दाङको आयोजनामा आचार्यको स्मृति दिवस मनाइएको हो ।
नेकपाका नेता कार्यकर्ता आचार्यका घरपरिवार र शुभचिन्तकको सहभागितामा स्मृति दिवस मनाइएको स्वर्गीय आचार्यका छोरा सुरेश आचार्यले बताए । आचार्यको गएको बर्ष भदौ १ गते मृत्यु भएको थियो ।
स्मृति दिवसमा सहभागी नेताहरुले आचार्यले कम्युनिष्ट पार्टीले पु¥याएको योग्दान महत्वपूर्ण रहेको बताएका थिए । आचार्यको मार्ग दर्शन पार्टी र नेता कार्यकर्तालाई राजनीतिको बाटो भएको वक्ताहरुले बताएका थिए ।
उनले देखाएको बाटोमा पार्टी अगाडि बढ्नु नेताहरुले बताएका थिए । कार्यक्रममा आचार्यका छोरा सुरेश आचार्यले बुवाले देखेको सपना पूरा गर्न आफू पनि राजनीतिमै होमिएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, प्रदेश सचिव जगप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्यले आचार्यले पार्टीमा पु¥याएको योगदान चर्चाले नै नपुग्ने खालको भएको बताए । उनीहरुले आचार्यले देखाएको बाटोमा हिड्न सकेमा मात्रै उनीप्रतिको सच्चा स्मृति रहने बताएका थिए ।
सचिव शर्माले संख्यात्मक रुपमा मात्रै ठूलो हुँदैमा कम्युनष्टि आन्दोलन सफल हुन नसक्ने भन्दै कम्युनिष्टको सोँच, दृष्टिकोण र सकारात्मक कार्यशैली हुन आवश्यक रहेको बताए ।
शर्माले अबको आन्दोलन संख्यात्मकभन्दा पनि नैतिक, आचरण, निष्ठाको राजनीति गर्नुपर्नेसमेत बताए । प्रतिष्ठानका अध्यक्ष बामदेव शमाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव निर्मल आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here