- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरलोकतन्त्रको आवरणमा लुटतन्त्र चल्योः थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र चल्योः थापा

- Advertisement -spot_img

तुलसीपुर, २१ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारबाट जनता सन्तुष्ट नभएको बताएका छन् । देशमा लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै अध्यक्ष थापाले कुनै पनि राजतैनिक दलले अबको सत्ता परिवर्तन गरेर सरकार चलाउन नसक्ने बताए । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारका लागि दाङ आएका थापाले यस्तो बताएका हुन् ।
बुधबार तुलसीपुरमा चुनावी घोषणा सभालाई सम्बोधन गर्दै थापाले देशमा पछिल्लो समय राजनैतिक अराजकताका कारण हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार लगायतका गतिविधि उच्च पदीय व्यक्तिहरूबाट बढ्दै गएको बताए । यसलाई रोकेर देशको चरित्र जोगाउन जनताले अहिलेको सरकारलाई समयमै खबरदारी गर्नुपर्ने बताए ।
चुनावी समयका लागि मात्र जनताको प्रयोग गर्ने राजनैतिक दलले सरकार चलाउन नसक्ने बताउँदै उनले अबको निर्वाचनमा आत्मचिन्तनले भोट दिन सबैलाई आग्रहसमेत गरे ।
यदि जनताको चाहना र आवश्यकता पूरा हुन नसके आगामी दिनहरूमा कुनै पनि राजैनीतिक पार्टी सफल हुन नसक्ने चेतावनीसमेत दिए । तिव्र गतिमा धर्म परिवर्तन गर्ने कार्य भईरहेको भन्दै उनले अहिले नेपाली समाजमा डढेलो लाग्दै गएको बताए ।
चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट दिए देशमा बढ्दै गएको विकृति, भ्रष्टाचार, बेरोजगारका विरूद्धमा देश विदेशमा आफ्नो पु¥याउनसक्ने आश्वासन समेत दिएका छन् ।
पार्टीको स्वार्थभन्दा माथि उठेर एउटा स्वतन्त्र र स्वाभिमानी नागरिक भएर अबको नयाँ नेतृत्व चयन गर्न अुनरोधसमेत गरे । चुनावी समयमा सत्तामा पुग्न वाह्य शक्तिको आशीर्वाद नभई हुन्न भन्ने नेपाली दल र नेताको मानसिकता हाबी हँुदै गएकोले राष्ट्रियको अस्तित्व खतरामा परेको उनले बताए ।
देशका अभिभावक ठानिने व्यक्तिहरूले नै हत्या, हिंसा र बलात्कार गर्दै देशको चरित्र समाप्त गर्न लागेको बताउँदै उनले राष्ट्र बचाउनका लागि हिन्दूत्वको रक्षा गर्नु आजको मुख्य आवश्यकता भएको बताए ।
‘आज देशकै अभिभावक मानिनेहरू बलात्कारी बनेर जेल गएका छन्’ उनले भने– ‘यो सबै धर्मप्रतिको अनास्ता हो, यदि धर्मको संरक्षण भएन भने देश विखण्ड हुन्छ, चरित्र लुटिन्छ ।’
वर्तमान सरकारले देशमा हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापित गर्न नसकेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा पूर्ण बहुमतका साथ पार्टीलाई स्थापित गर्दै हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने आवश्वासन दिए ।
ठूला राजनैतिक दलहरूले जनताको हितका लागि नभएर आफ्नो व्यक्तिगत दम्भका लागि सरकारमा उभिएको आरोप लगाउँदै उनले यदि प्रतिपक्षले देश र जनताको लागि आफ्नो भूमिका निभाउन नसके देश कहालीलाग्दो अवस्थामा पुग्ने उनले बताए ।
उपाध्यक्ष प्रेम बहादुर भण्डारी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख तथा महासचिव धवलशम्शेर राणाले विकासका कामहरूलाई मात्र नभई राष्ट्रको मूल्य, मान्यतालाईसमेत ध्यान दिन आवश्यक रहेको बताए ।
ठूला नेताले गरेका गल्तीका कारण अहिलेको सरकार कानुनको चंगुलमा फसेको बताउँदै उनीहरूले अबको सरकार वैधानिक तरिकाले उपस्थित हुनसक्नु नै जनआवश्यकता रहेको औँल्याए । प्रदेश नम्बर ५ को राजधानी दाङ नै सबैभन्दा उपयुक्त रहेको बताएका छन् ।
प्रदेशको भौलिकताका आधारमा दाङ नै राजधानी हुनुपर्ने बताउँदै उनीहरूले यदि बुटवल राजधानी भए जनता सडकमा उत्रने चेतावनीसमेत दिए । आफूहरू सुर्खेत जान तयार रहेको तर बुटवल जान तयार नभएको भन्दै सरकारसँग प्रदेशको राजधानी दाङ अथवा नेपालगञ्ज हुनुपर्ने माग राखेका छन् । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन दामोदर भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here