लैंगीक हिंसाविरुद्ध अभिमुखीकरण

मुख्य खबर समाज

मसुरीया (दाङ), १७ मंंसिर । राप्ती गाउँपालिकामा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । राप्ती गाउँपालिकाको आयोजनामा चलिरहेको लैंगीक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार राप्ती गाउँपालिकाका ९ वटै वडा तथा गाउँपालिकाका जनप्रतिनिधि, निगरानी समूहकालगायतका लागि एकदिने लंैगीक हिंसाविरुद्धको अभिमुखीकरण तालिम दिइएको हो ।
लैंगीक हिंसा र दुब्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा १६ दिन नै विभिन्न कार्यक्रमको आयोजना गरी लैंगीक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको अवस्था छ । आइतबार भएको जनप्रतिनिधि, निगरानी समूहकालगायतका लागि एकदिने लैंगीक हिंसाविरुद्धको अभिमुखीकरण तालिम राप्ती गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको विशिष्ट आतिथ्यतामा तालिम भएको छ ।
जनप्रतिनिधि तथा निगरानी समूहलाई लैंगीक हिंसा भनेको के हो ? कस्तो प्रकृतिको ब्यवहारलाई लैंगीक हिंसा भनिन्छ ? लैंगीक हिंसा गर्नेलाई कस्तो सजाय हुनसक्छ र जनप्रतिनिधि, निगरानी समूहको लैंगीक हिंसाविरुद्ध कस्तो भूमिका रहन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको छ । जनप्रतिनिधि तथा निगरानी समूहलाई लैंगीक हिंसाविरुद्ध प्रशिक्षण महिला विकास अधिकृत मोति विकले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *