- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरलैंगीक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम

लैंगीक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, ६ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले १६ दिने लैंगीक हिंसा विरुद्धको अभियान विशेष कार्यक्रमका साथमा मनाउने भएको छ । ‘श्रममा हुने लैंगीक विभेदको अन्त्य गरौँ’ भन्ने मुल नाराका साथमा विभिन्न कार्यक्रम गरेर उपमहानगरपालिकाले दिवस मनाउन लागेको महिला शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।
उनले ओरेक नेपाल लगायतका विभिन्न संघसंस्थाको समन्वयमा दिवस मनाउन लागिएको जानकारी दिइन् । उपमहानगरपालिकाको महिला शाखाले अभियानका बारेमा विभिन्न सरोकारवालासँग अन्तक्र्रियासमेत गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख श्याम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै डाँगीले सामान्य महिलाले पनि अधिकारका बारेमा बोल्न सक्ने गरी अभियानका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । उपमहानगरपालिकाले महिला सशक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम सञ्चालन गर्न लागेको समेत जानकारी दिएका थिए ।
कार्यक्रममा शाखा प्रमुख श्रेष्ठले अभियानका क्रममा गर्ने कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् । मंसिर ९ गतेबाट सुरु हुने अभियानका क्रममा विभिन्न सरोकारवाला निकायसँग अन्तक्र्रिया, हस्ताक्षर संकलन, नगरस्तरीय सेवा केन्द्र उद्घाटनलगायतका कार्यक्रमहरु रहेका छन् । छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु शाखा अधिकृत टंकराज गौतम, सामाजिक विकास समिति संयोजक कुमार लामिछाने, ओरेक नेपालकी ईश्वरी थापालगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here