- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरलाहुरेखोला घाटमा शवदाह गृह

लाहुरेखोला घाटमा शवदाह गृह

- Advertisement -spot_img

तुलसीपुर, २७ माघ । तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेखोला घाटमा शवदाह गृह निर्माण गर्नका लागि समिति गठन गरिएको छ । शनिबार रानागाउँमा सम्पन्न भएको स्थानीयहरुको भेलाले झविलाल घिमिरेको अध्यक्षतामा ९ सदस्यीय शवदाह गृह निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शशीधर वली, सचिवमा दीपा वली, कोषाध्यक्षमा मोहन वली र सहसचिवमा देवबहादुर वली रहेका छन् । यस्तै सदस्यहरुमा राजेन्द्र गुरुङ, चुडामणि वली रहेका छन् भने एक जना सदस्य पछि थप गरिने छ । समदर्शी युवा क्लवका अध्यक्ष यमन खड्काको अध्यक्षतामा भेला सम्पन्न भएको हो । साथै भेलाले सुरवीर वलीको अध्यक्षतामा पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । जसको सदस्यहरुमा श्यामलाल महतरा, टेकराज केसी, बासुराम वली र युवराज बुढाथोकी रहेका छन् । शवदाह गृह नहुँदा समस्या भएको भन्दै यस्तो कार्यलाई अघि सारिएको हो । यस्तै उक्त स्थानमा जानका लागि बाटोसमेत राम्रो नभएको भन्दै बाटो निर्माण समेत गरिने जनाइएको छ । भेलाको सहजीकरण क्लवका सल्लाहकार चेतमान सेजुवालले गरेका थिए ।

क्लवले ५० हजार सहयोग गर्ने

यसैबीच क्लवका अध्यक्ष यमन खड्काले क्लवले भैलो खेलेर संकलन गरेको ५० हजार रकम शवदाह गृह निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । निर्माण समितिले सबै संघसंस्था तथा व्यक्तिहरुसँग समन्वय गरी आर्थिक सहयोग संकलन गरिने अध्यक्ष झविलाल घिमिरेले बताए । अहिले कतैबाट बजेट विनियोजन नभएको भन्दै सहयोग रकमबाटै शवदाह गृह निर्माण गरिने हुँदा सहयोग गरिदिन सबैमा आग्रहसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here