- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरलापरबाहीले खसीका अण्डकोषमा समस्या

लापरबाहीले खसीका अण्डकोषमा समस्या

- Advertisement -spot_img

लमही, ६ साउन ।
पशु प्राविधिक तथा चिकित्सकको लापरबाहीका कारण लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा खसी बनाइएका बोकाहरूमा अण्डकोष खस्ने गम्भीर समस्या देखिएको छ । लमही नगरपालिकाको पशु स्वास्थ्य सेवाले शिविर राखेर गरेको बोकाहरुलाई खसी बनाउने काममा लापरवाही भएपछि अहिले ती बोकाको अण्डकोष कुहिएर खस्न थालेको किसानहरुले बताएका छन् ।
अमिलियाका किसानका आठवटा बोकामा त्यो समस्या देखिएको छ । गत असार २७ गते एकदिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । त्यस दिन ८० वटा बोकालाई खसी बनाइएको थियो । जसमध्ये आठवटा खसीमा अन्डकोष सुन्निने गरेको स्थानीय किसान क्रिमलाल चौधरीले बताए  । उनका अनुसार बोकालाई खसी बनाएपछि आफूहरुका खसी गम्भीर बिरामी भएको भन्दै आफूहरुलाई झन नगरपालिकाले समस्या थपेको बताए । खसी बनाएपछि हिडडुल गर्न नसक्ने र खाने कुरा खान मन नगर्ने समस्या भएको उनले बताए ।
चौधरीका दुईवटा खसीमा त्यो समस्या देखिएको छ । न दाना खान्छन् न घास नै चौधरीले भने । त्यस्तै स्थानीय बेलमती ओलीका पनि दुईवटा खसी परेका छन् ओलीको एकवटा खसीको अण्डकोष कुहिएर खसेको छ । दुईवटा बोका थिए, निःशुल्क खसी बनाउन आएको खबर सुनेर आफूले बोकाहरुलाई खसी गराए तर अहिले आएर खसी मर्ने अवस्थामा पुगे उनले गुनासो पोखिन् । लमही नगरपालिकाको आयोजना तथा पशु स्वास्थ्य कार्यालय लमहीको प्राविधिक सहयोगमा सञ्चालन भएको पशु स्वास्थ्य शिविरमा खसी बनाएकामध्ये अहिले क्रिमलाल चौधरीका दुईवटा, बेलामती बालिका दुईवटा, रेशम बहादुर डाँगीका एकवटा र तेजबहादुर चौधरीको एकवटा र गाउँका अन्य किसानका दुईवटा गरी आठवटा खसी गम्भीर बिरामी परेका छन् । किसानहरुले आफ्ना खसी बिरामी हुनुमा प्राविधिकको गम्भीर लापरबाही भएको बताएका छन् । यस विषयमा लमही पशु स्वास्थ्य कार्यालयका पशु चिकित्सक शशिधर शर्मासँग बुझ्दा किसानहरुले खसी बनाएको कम्तिमा पनि एकहप्ता जंगल चराउन लैजान नहुने थियो जुन कुरा हामीले पनि भन्न बिर्सियौँ कम्तिमा पनि चार÷पाँच दिन घरमै आराम गर्न दिनुपर्दथ्यो तर त्यसो हुन सकेन् । खसी बनाई सकेपछि गहिरो चोट हुन्छ जसले गर्दा अण्डकोष सुनिएका हुन्छ, यताउता हिड्दा अण्डकोषमा चोट पुग्ने हुँदा घाउ खटिरा हुने सम्भावना धेरै हुन्छ, अत्याधिक गर्मीका कारण पनि अण्डकोषमा समस्या निम्तिने पशु चिकित्सक शर्माको भनाइ छ । बिरामी भए लगत्तै हामीलाई खबर गरेको भए यति ठूलो समस्या आउदैनथ्यो शर्माले भने ‘आइतबार मात्र यो विषयमा जानकारी पाएलगत्तै औषधि लिएर आएका उपचारका लागि पुग्यौँ हामीले अब सबै निःशुल्क उपचार गरेर गर्छौ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here