लागूपदार्थ शिक्षाको पाठ्यक्रम

मुख्य खबर

घोराही, ३ पुस । घोराही उपमहानगरपालिका–१८ बेलघारीमा रहेको अम्बिकेश्वरी आधारभूत विद्यालयमा लागूपदार्थ शिक्षाको पाठ्यक्रम शुरु भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ विद्यार्थीलाई लागूपदार्थ शिक्षाको पाठ्यक्रम शुुुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुुमुुद पोखरेलको अध्यक्षता तथा वडा अध्यक्ष भरत अर्यालको प्रमुुख आतिथ्यतामा विद्यालयले लागूपदार्थ शिक्षाको पाठ्यक्रमको उद्घाटन गरेको छ । विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई लागूपदार्थ शिक्षाको वार्षिक पाँच घण्टा पढाइ हुने भएको छ । लागूपदार्थ शिक्षाको लागूऔषधविरुद्धका अभियान्ता नार्कोनन नेपाल प्रदेश नम्बर ५ का संयोजक बसन्त पुुनले अध्यापन गराउने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *