- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजलागूऔषध प्रयोगकर्ता बढ्दो

लागूऔषध प्रयोगकर्ता बढ्दो

- Advertisement -spot_img

घोराही, ६ असार । दाङमा लागूऔषध प्रयोगकर्ताको संख्या बृद्धि भएको भन्दै जिल्लाका सरोकारवाला निकायले चिन्ता ब्यक्त गरेका छन् । लागूऔषध प्रयोग न्यूनीकरण, ओसारपसार नियन्त्रणका लागि कार्यक्रम सञ्चालन भइरहेको भए पनि बृद्धि भइरहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
दाङलगायत देशभर बिहीबारदेखि सप्ताहब्यापी रुपमा यसको नियन्त्रणका कार्यक्रम सुरुसमेत भएको छ । सप्ताहको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले उद्घाटन गरेका छन् ।
अन्तर्राष्ट्रिय दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम सुरु भएको हो । आगामी असार ११ गतेसम्म विविध कार्यक्रम गरी दिवस मनाइने जनाइएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले प्रहरी, अभिभावक, विद्यालयबाट यसको न्यूनीकरण गर्न सकिने बताए ।
पछिल्लो समयमा लागूऔषध प्रयोग तथा ओसारपसारमा बृद्धि भएको भन्दै यसको न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले परम्परागत संस्कृतिले पनि केही हदसम्म लागूऔषध प्रयोगको संख्यामा बृद्धि गरेको बताएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डे,
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुन, सुभियत घर्ती मगरले बोलेका थिए । कार्यक्रमको सहजीकरण भूपेन्द्र थापाले गरेका थिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले एक हप्तासम्म लागूऔषध प्रयोग न्यूनीकरण तथा ओसारपसार नियन्त्रणका लागि कार्यक्रम गर्ने जनाएको छ । सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय दाङले यस्तो जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि सुरु गरेको कार्यक्रममा पर्चा वितरण, प्रचारप्रसार, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम गर्ने जनाएको छ ।
त्यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा लागूऔषध न्यूनीकरणका लागि सक्रिय संस्थाहरुको सहभागिता रहने जनाइएको छ ।
यस्तै औषधी ब्यबसायीसँग छलफल, सडक नाटक प्रदर्शन तथा बक्तृत्वकला प्रतियोगितासमेत आयोजना गर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जिल्लाका सबै स्थानीय तहरुमा यस्ता कार्यक्रम गरिने पनि प्रशासनले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here