लागूऔषध न्यूनीकरण गरौं

सम्पादकीय

दाङ जिल्ला लागूऔषधको ट्रान्जिट प्वाइन्ट भएको देखिएको छ । केहि दिन देखिएको तथ्यांकले मात्रै पनि यो कुरालाई आधार सिर्जाना गरिदिएको छ ।
दैनिकजसो लागूऔषधका कारोवारी प्रहरीको नियन्त्रणमा पर्नुले पनि विभिन्न वर्षहरुको तथ्यांकलाई हेर्दा दाङलाई लागूऔषधका कारोवारीहरुले विशेष क्षेत्रका रुपमा प्रयोग गरिरहेको तथ्यसमेत सार्वजनिक हुँदै आएको छ ।
केही वर्ष यता कारोवारीहरुमध्यका केही ब्यक्तिहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिइरहेको छ । पछिल्लो समयमा दाङका ठूलो मात्रामा लागूऔषध बरामतसमेत हुने क्रम बढेको छ । दाङ प्रहरीले अफिम, ब्राउन सुगर, चरेस गाजा लगायतमा लागूऔषध कारोवारीहरु प्रहरीले दिनहुँजसो समात्न थालेको छ ।
दाङमा ठूलो मात्रामा लागूऔषधहरु भित्रिरहेको र निकासी प्रठारी पनि हुने गरेको देखिन्छ । विशेषगरी रुकुम, रोल्पा प्यूठान, सल्यान हुँदै दाङ भित्रिएको लागूऔषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने प्रहरीको आँकलन रहनुले दाङलाई लागूऔषधको ट्रान्जिन प्वाइटको रुपमा हेर्दा फरक नपर्ला । जिल्ला कारोबारको ट्रान्जिटको रूपमा रहेको प्रष्ट हुन्छ ।
घोराहीको मुख्य बजार क्षेत्रमा नै यसको कारोबार भइरहेका समयमा प्रहरीले अफिमसहित कारोबारमा संलग्न तीनजनालाई नियन्त्रण लिएपछि जिल्ला लागूऔषध कारोबारको अवस्था गम्भीर रहेको प्रष्ट छ ।
प्रहरीको तथ्यांकलाई हेर्दा चार वर्षमा साढे एक सयजना लागूऔषध कारोबारी पक्राउ परेका छन् भने झण्डै ५० केजी विभिन्न प्रकारको लागूऔषध फेला परेको छ । यसले पनि दाङ लागूऔषध ओसार पसार र कारोबारको लागि ट्रान्जिट प्वाइन्ट भएको पुष्टि हुन्छ ।
कारोवारमा विभिन्न लक्ष्य र उद्देश्य हुन्छ । कति पय अवस्थामा पारिश्रमिकको लागि काम गर्ने भरिया मात्रै पक्राउ पर्ने अवस्था छ । त्यसलाई गहिरो रुपमा अध्ययन गरेर मुख्य कारोबारी नै फेला पारेमा यसको कारोवारमा न्यूनीकरण गर्न मद्दत पुग्ने छ ।
त्यसतर्फ पनि ध्यान दिन सकेमा जिल्लामा बढिरहेको लागूऔषध कारोबार र यसमा कारोबारीहरुलाई नियन्त्रण गर्ने अभियानमा तथ्यांकलाई हेर्दा प्रहरी सक्रिय देखिएको छ । अझै यसको नियन्त्रण र कारोबारलाई निर्मूल पार्न विशेषखालको अभियान सञ्चालन गरेर जानुपर्ने देखिएको छ ।
लागूऔषध अहिले युवाहरुमा कुरीतिको रुपमा बढिरहेको छ । युवामा आएको लागूऔषधको कुरीतिलाई हटाउन सबै चनाखो हुन जरुरी छ । सरोकारवाला निकायहरुले न्यूनीकरण मात्रै हैन युवा पुस्तालाई लागूऔषधको प्रयोगबाट बचाउने अभियानमा लागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *