- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयलागूऔषध नियन्त्रण गरौं

लागूऔषध नियन्त्रण गरौं

- Advertisement -spot_img

मानिसहरु विभिन्न कारणले कुलतमा पर्छ । कुलतको लतले राम्रा र प्रतिष्ठित व्यक्तिहरु पनि फसेको देखिन्छ । कुलतमा फस्नु कसैका लागि पनि राम्रो हैन । आफ्नो लतलाई पूरा गर्ने त्यस्ता ब्यक्तिहरुले जे गर्न गर्न सक्छन् ।
कतिपय अवस्थामा लागूऔषध कारोवारी र लतकर्ताकै कारण असहज अवस्था पनि आउने गरेको छ । चोरी, तस्करी, लुटपाट यसकै कारणले पनि बढ्न सक्ने हुन्छ । अहिले सबैभन्दा ठूलो चुनौती लागूऔषध नियन्त्रण र कुलतको अन्त्य गराउने छ ।
पछिल्लो समय युवा पुस्ता र बालबालिकाहरु बढी कुलतमा फसेको देखिन्छन् । त्यो पनि लागूऔषधका सेवनकर्ताहरु बढी नै छन् । कुलतमा फस्दै जाँदा उनीहरुले विभिन्न प्रकारका लागूऔषधका अम्मली भइसक्छन् । अहिलेको समाज पनि त्यतातिर गइरहेको छ ।
समाज कुलतमा बढ्दै गर्दा लागूऔषध कारोवारीहरु पनि बढ्न थालेका छन् । त्यस्ता कारोवारीलाई दाङ नियन्त्रण अभियाननै सञ्चालन गरिरहेको छ ।
दश दिनको अवधिमा दाङ प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । चरेस ब्राउन सुगरलगायतका लागूऔषध कारोवारी समातिएका छन् । लागूऔषध मात्रै हैन कारोवारीहरु पनि प्रहरीले नियन्त्रणमा लिने क्रम बढी नै रहेको छ ।
दाङ प्रहरीले बुधबार मात्रै साढे आठ केजी लागूऔषध चरेससहित तीनजनालाई नियन्त्रण लिएपछि दाङमा लागूऔषध कारोबारीहरु बढी नै सक्रिय छन् भन्ने प्रष्ट नै देखाउँछ ।
यति ठूलो मात्रामा चरेससहित भेटिनुले जिल्लामा लागूऔषध कारोवारीलाई नियन्त्रण गर्नुपर्ने र सुसज्जित समाज निर्माणमा भूमिका खेल्नुपर्छ । लागूऔषध कारोवार नियन्त्रण गर्नसके अम्मलीहरुलाई केहि हदसम्म कम गर्न सकिने सम्भावना पनि हुन्छ ।
त्यसकारण पहिले कारोवारीहरुको पहिचान गरेर कारोबारमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ । यसका लागि सबै सरोकारवाला चासो र भूमिका निर्वाह गर्न पनि सक्नुपर्छ ।
दाङ लागूऔषधको ट्रान्जिट प्वाइन्ट भएको छ । दाङमा लागूऔषध उत्पादन नभए पनि अन्य जिल्लाको ट्रान्जिट भएको देखिन्छ । कारोवारीको रुपमा पक्राउ परेकाहरुको अवस्था देखिदा पनि ट्रान्जिट दाङ नै भएको देखिन्छ । यसलाई रोक्ने अभियानमा प्रहरी सक्रिय हुन जरुरी छ ।
प्रहरीले पनि लागूऔषध कारोवारीका भरिया मात्रै समात्नेभन्दा पनि खास व्यक्ति नियन्त्रणमा लिने गरी अनुसन्धान थाल्नुपर्छ । अधिकांश केसमा भरिया मात्रै नियन्त्रण हुने र मुख्य व्यक्तिले कारोवार चलाई रहने भेटिन्छ । त्यसलाई सम्बन्धित निकायले ध्यान दिएर जिल्लामा लागूऔषध नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्ने अघि सर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here