- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरलागूऔषध नियन्त्रणमा चुनौति

लागूऔषध नियन्त्रणमा चुनौति

- Advertisement -spot_img

घोराही, ३ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो चरेससहित पाँचजनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ९ अमेलियास्थित अवैध लागूऔषधको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चरेससहित पाँचजनालाई पक्राउ गरेको हो । रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ बस्ने ४५ को प्रेमबहादुर घर्ती र सल्यान जिल्लाका दार्मा गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३५ को डिल्लीराज चन्दलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो । गत शुक्रबार शंकास्पद अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले सोधपुछ गर्दा लागूऔषध दुव्र्यसनीमा रुकुम साविक रन्नामैकोट गाविस वडा नम्बर ३ भई हाल पुमाउ उत्तरगंगा गाउँपालिका बस्ने वडा नम्बर १ काल्दुङ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुर बस्ने वर्ष ३० कि रुपा घर्ती (पुन), रुकुम भुमे गाउँपालिका वडा नम्बर २ वस्ने वर्ष २७ को सपना पुन मगर (बुढा) र ध्रुवजंग बुढाबाट खरिद गरी ल्याएको भनी खुलाएका थिए । त्यसपछि प्रहरीले लागूऔषध कारोबारमा संलग्न रुपा घर्ती (पुन) र सपना पुन (बुढा) र ध्रुवजंग बुढालाई प्रहरीले घोराही उपमहानगरपालिका १५ स्थित रतनपुरबाट पक्राउ गरेको थियो । उनीहरुले प्रहरीलाई अमिलिया जंगलमा लुकाई छिपाई राखेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णहरि शर्माले बताए  । त्यही बयानको आधारमा लमही नगरपालिका वडा नम्बर ९ स्थित गोपी बुढाको मकैबारी नजिकै झाडीमा चारवटा बोराभित्र लुकाई छिपाई गरी राखेको ६० किलो ग्राम अवैध लागूऔषध चरेससहित पाँचजनालाई प्रहरीले पक्राउ गरेर आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । त्यस्तै गत जेठ २४ गते जिल्ला प्रहरी कार्यालय दाङले ५ केजी दुईसय ग्राम अफिमसहित ३ जनालाई लागूऔषधसहित सार्वजनिक गरेको थियो । प्रहरीले बरामद गरेर सार्वजनिक गरेको यो अफिम ठूलो मात्रामा रहेको प्रहरी जनाएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा एकान्त होटल नजिक लागूऔषध (अफिम)को कारोवार भईरहेको विशेष सूचनाको आधारमा प्रहरीले फेला पारेको थियो । प्रदेश नम्बर पाँचको अनुसन्धान समूह र जिल्ला प्रहरीको टोलीले रोल्पा पाछावाङल–७ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ३१ शक्तिराम वली, जिल्ला रुकुम भुमे गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष २७ को एलन कुमार रोका मगर र जिल्ला रुकुम भुमे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २८ देवबहादुर ओलीलाई लागूऔषधसहित सार्वजनिक गरेको हो । पछिल्लो समयमा दाङमा लागूऔषध नियन्त्रण गर्न चुनौति देखिएको छ । प्रहरीले ठूलो मात्रा चरेस, अफिम, ब्राउन सुगरजस्ता लागूऔषधहरु बरामद गर्ने गरेको छ । दाङलाई लागूऔषधको ट्रान्जिन्ट प्वाइन्टको रुपमा लिएर लागूऔषधको कारोवार केन्द्र समेत बन्दै गएको छ । जसले गर्दा प्रहरीलाई नियन्त्रण गर्न चुनौतीसमेत भएको छ । लागूऔषध ओसारपसारमा ट्रान्जिट प्वाइन्टको रुपमा लिएको दाङ हिजोआज ठूलो मात्रामा अफिम, ब्राउन सुगर, चरेस गाँजालगायतका लागूऔषध बिशेष सुराकीको आधारमा प्रहरीले बरामद गर्दै आएको छ । दाङमा ठूलो मात्रामा लागूऔषधहरु भित्रिन थालेका छन् । विशेषगरी रुकुम, रोल्पा हुँदै दाङ भित्रिने गरेको लागूऔषध नेपालगंज हुँदै भारतसम्म कारोवार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको लागूऔषध बरामदसम्बन्धी अभिलेखमा आर्थिक वर्ष २०७१÷०७२ मा १५ जनासहित १८०.०६२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा २५ जनासहित ५४.९५४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ भने आर्थिक वर्ष २३ जनासहित २०७३÷०७४ मा ५ ग्राम ३६९ मिलिग्राम र चालु आर्थिक वर्ष २०७४
÷०७५मा २७ जनासहित ४६ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा ७२.५० किलोग्राम चरेस, आर्थिक वर्ष २०७२÷०७३मा ४ किलो ७ सय ग्राम चरेस बरामद गरेको छ भने चालु आर्थिक वर्ष २०७४÷०७५ मा ३५ केजी १३८ ग्राम चरेस बरामद गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा ३ किलो ३ सय ग्राम अफिम प्रहरी बरामद गरेको छ भने चालु आर्थिक वर्ष २०७४÷०७५ मा ५ केजी दुई सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा ३ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ भने आर्थिक वर्ष २०७२÷०७३ मा १९० ग्राम गाजा, आर्थिक वर्ष २०७३÷०७४ मा ६ केजी ३ सय ९५ ग्राम गाँजा र चालु आर्थिक वर्षमा ५४० ग्राम गाजा प्रहरीले बरामद गरेको अभिलेख छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेको यो अभिलेखलाई मूल्याकंन गर्ने हो भने पछिल्ला वर्षहरुमा ठूलो मात्रामा लागूऔषधहरु भित्रिन थालेको छ । जसले गर्दा लागूऔषध नियन्त्रणमा चुनौती बन्दै गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here