लागूऔषध तथा दुव्र्यसनीको प्रशिक्षण

मुख्य खबर समाज

तुलसीपुर, ११ असार । शान्ति समाज दाङ शाखाको आयोजना लागूऔषध तथा दुव्र्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागूऔषध तथा दुव्र्यसनीको बारेमा प्रशिक्षण कार्यक्रम बुधबार तुलसीपुरमा भएको छ ।
शान्ति समाजका पूर्व सभापति निर्मल नेपालीले विषय प्रवेश गराएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही र मार्ग दर्शन पुनःस्थापना केन्द्रका अध्यक्ष एवम पूर्व लागूपदार्थ प्रयोगकर्ता रविन महरले लागूऔषध तथा दुव्र्यसनीको बारेमा प्रशिक्षण दिएका थिए ।
प्रहरी नायव उपरीक्षक शाहीले लागूऔषध तथा दुव्र्यसनीको प्रयोगबाट हुने असर, दुव्र्यसनीमा लाग्ने कारण, बच्ने उपायका बारेमा प्रशिक्षण दिएका हुन् । नेपालमा अहिले २५ वर्षका व्यक्तिहरु लागूपदार्थ सेवन गर्नेहरुको संख्या वढी रहेको उनले जानकारी दिए ।
अभिभावकले नै बालबालिकाको अगाडि लागूऔषध प्रयोग गर्नु, बालबालिकालाई खरिद गर्न लगाउने, साथीहरुको दबावका कारण, उत्सुकता, पारिवारिक सामाजिक तथा साँस्कृतिक वातावरणका कारण लागूपदार्थ दुव्र्यसनीमा लाग्ने गरेका छन् ।
यस्तै विश्वमा २ करोड ९५ लाख मानिसहरुले लागूऔषध प्रयोगकर्ताहरु रहेको एक तथ्यांकले देखाएको छ । मार्गदर्शन पुनःस्थापना केन्द्रका अध्यक्ष एवं पूर्व लागूपदार्थ प्रयोगकर्ता रविन महरले आफू लागुऔषध तथा दुव्र्यसनीको सिकार भएको मान्छे पुनःस्थापना केन्द्र र परिवारको सहयोगमा लागूऔषध तथा दुव्र्यसन प्रयोगबाट मुक्त भएको अनुभव सुनाए ।
साथीहरुको लहलहैमा लागेर उनले आफ्नो जीवन नै सकिएको महसुस हुन्थ्यो उनले भने । लागूऔषधको प्रयोगले मेरो जीवन नै बिग्रिएको थाहा थियो तर पनि छोड्न सकिरहेको थिएन, जब जीवनको अन्तिममा आएर परिवारको साथ पाए तब छोड्नुपर्छ भन्ने सोंच भयो र २५ महिना पुनःस्थापना केन्द्रमा बसेर आफूले पुनः नयाँ जीवन पाएको बताए ।
आफूले अन्जानमा १०÷१२ वर्ष लागूऔषध तथा दुव्र्यसनीमा लागेर आफ्नो जीवनको अन्त्य भएको महसुस गरेको मान्छे नयाँ जीवन पाएपछि मार्ग दर्शन पुनःस्थापना केन्द्र तुलसीपुर–१८ हेमन्तपुरमा सञ्चालन गर्दै आएकोे बताए । उनले जानी नजानी कोही कसैले पनि लागूऔषध तथा दुव्र्यसनीमा लागेर आफ्नो जीवन बर्बाद नगर्न आग्रह गरे ।
शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, अधिवक्ता मोहन धितालले लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नलाई कानुनी कारवाहीको बारेमा जानकारी दिएका थिए ।
यस्तै ज्ञान दिप कलेजका विद्यार्थी अंकित आचार्य, हिमाल एकाडेमीकी श्रेया गौतमले यस्ता खालका कार्यक्रमहरुको आवश्यकता भएको र यस कार्यक्रममा आएर धेरै कुराहरु सिक्न पाएकोमा खुसी व्यक्त गरे । शाखाको कार्यबाहक अध्यक्ष तुलसीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखाका सचिव निर्मला डाँगीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *