लागूऔषधको प्रयोग रोक्नुपर्ने

मुख्य खबर समाज

घोराही, २१ साउन । लागूऔषधको सेवनले व्यक्ति हुँदै समाज नै बिग्रिने भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । घोराही उपमहानगरपालिका–१८ का टोल विकास संस्थाले गिठेपानीमा आयोजना गरेको लागूऔषध तथा मदिरा उत्पादन, बिक्री वितरण तथा सेवनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले समाज सुधारका लागि लागूऔषधको प्रयोग छोड्नुपर्ने बताएका छन् ।
कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले मदिरालगायतका दुव्र्यसनले कसैलाई फाइदा नगर्ने बताए । उनले समाजमा हुने हिंसा, दुर्घटना र अपराधका घटना मदिरालगायतका लागूऔषधकै सेवनले हुने गरेको बताए ।
त्यस्तै घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले मदिराजन्य वस्तुको उत्पादन, बिक्री वितरण र सेवन नियन्त्रण गर्ने टोल विकास संस्थाहरुको प्रयास सह्रानीय भन्दै अभियान सफल बनाउन उपमहानगरपालिकाको सहयोग रहने बताए ।
सुरक्षा स्वयंसेवक समितिका संयोजक मातृका पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा टोलबासीहरुले मदिरालगायत जुवातासलाईसमेत नियन्त्रण गर्न आवश्यक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *