- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरलागूऔषधको ‘ट्रान्जिट’ दाङ

लागूऔषधको ‘ट्रान्जिट’ दाङ

- Advertisement -spot_img

दाङ, १२ असोज । रोल्पाका गणेश वली असोज १ गते साढे ८ केजी लागूऔषध चरेससहित दाङको घोराहीबाट पक्राउ परे । उनीसँगै भुपेन्द्र थापा र अमृत थापा पनि लागूऔषध चरेससहित समातिए । उनीहरुले लागूऔषध ओसारपसारका लागि प्रयोग गर्दै आएको एउटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लियो ।
भदौ २२ मा तुलसीपुर उपमहागरपालिका–१८ मज्गैँको पत्रेखोलाबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का तसौवर खानलाई १० ग्राम २१० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परे ।
त्यस्तै भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका–८ बाट १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित तुलसीपुर–५ का बिमला नेपाली र २४० मिलिग्राम ब्राउन सुगरसहित तुलसीपुरकै मानबहादुर विक तथा २२० मिलिग्राम ब्राउन सुगरसहित २८ वर्षिय दिपक कुमार वली पक्राउ परे ।
त्यसैगरेर भदौ २६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–६ का विक्रमजंग मल्ललाई पक्राउ ग¥यो । पक्राउ परेका मल्लको साथबाट ४ ग्राम दश मिलिग्राम ब्राउनसुगर भेटियो । भदौ २८ मा घोराही–१४ मा बस्दै आएकी विरमाया पुनले लुकाइराखेको ३ केजी ३ सय ग्राम सेतो अफिमसहित २२ वर्षीय नविना रोका पनि पक्राउ परिन ।
दाङका दैनिकजसो लागूऔषध कारोवारीहरु पक्रने क्रम भइरहन्छ । दश वर्षको अवधिमा दाङका ४ सय ५ केजी लागूऔषध बरामद भएको छ । जसमा सबैभन्दा बढी चरेस र गाजा रहेको छ भने ब्राउन सुगर पनि धेरै बरामद भएको छ ।
दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले दाङमा लागूऔषधको उत्पादन नभए पनि पहाडी जिल्लामा उत्पादन भएको लागूऔषधको दाङ केन्द्र बनेको बताए । उनले पछिल्लो दश दिनमा मात्रै यसमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ ।
पछिल्लो समय दाङ लागूऔषध कारोबारीहरुको अखडा बन्दै गएको यी उदाहरणहरुले पुष्टि गरेका छन् । प्रहरीले पनि लागूऔषधका ट्रान्जिट प्वाइन्ट कारोबारीहरुले दाङलाई बनाउने गरेको बताएको छ ।
पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, प्यूठानबाट सहजरूपमा लागूऔषध दाङ भित्र्याउन सकिने र यहाँबाट यसको कारोबार गर्न सहज हुने भएकाले दाङलाई कारोबारीहरुले ट्रान्जिटकै रुपमा उपयोग गरेको प्रहरीको अनुसन्धानले पनि देखाएको छ ।
लागूऔषध ओसारपसारमा ट्रान्जिट प्वाइन्टको रुपमा लिएको दाङमा ठूलो मात्रामा अफिम, ब्राउन सुगर, चरेस गाँजालगायतमा लागूऔषधहरु प्रहरीले बरामद गर्ने गरेको छ ।
विशेषगरी रुकुम, रोल्पा हुँदै दाङ भित्रिएको लागूऔषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको प्रहरी प्रवक्ता शाह बताउँछन् । ‘झुक्याउँदै भारतसम्म ओसारपसार हुने गरेको हामीले पाएका छौँ’ जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता शाहले भने,
‘लागूऔषधको डरलाग्दो अवस्था छ । उनले लागूऔषध कारोवारीको रूपमा समातिएकाहरू विपन्न र श्रमिकहरू रहेको बताए । उनले अहिलेसम्म भेटिएका भरियाहरू मात्रै रहेको भन्दै मुख्य कारोवारीसम्म पुग्न मुस्किल रहेको बताए ।
तस्करको ठूलो जालो छ, मुख्य को हो भन्ने समातिएकाहरू समेत भन्न सक्दैनन् । सफल भए आर्थिक रूपमा राम्रो आम्दानी हुने देखेर विपन्न र महिलाहरु कारोबार र ओसार पसारमा बढी संलग्न रहेको बताए ।
आर्थिक बर्ष २०७४÷०७५ मा मात्रै ३५ जनालाई लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । यो वर्ष साढे ४५ केजी लागूऔषध बरामद गरिएको छ । दाङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म ८ केजी ५१६ ग्राम चरेस, ३ केजी ३०० ग्राम, ब्राउन सुगर ५ ग्राम ६६५ मिलिग्राम बरामद गरेको र १६ जना कारोवारीहरूलाई पक्राउ गरेको शाहले जानकारी दिए ।
१० वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७६ मा ५८ जना लागूऔषध कारोवारको अभियोगमा समातिएका छन् भने तिनीहरूबाट चरेश ६० केजी, गाँजा ७ केजी ६ सय ग्राम, ब्राउन सुगर २२० ग्राम ३९० मिलीग्राम, अफिम २ केसप ५०० ग्राम, नाइट्राभेछ ९७ ल्याब्लेट बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको लागूऔषध बरामदसम्बन्धी अभिलेखमा १० बर्षमा २८० जना लागूऔषध कारोबारीहरूलाई प्रहरीले नियन्त्रण लिएको छ । यसमा प्रयोगकर्ताहरू ३४ जना रहेका छन् । भने १० वर्षको अवधिमा ४ सय ५ केजी लागूऔषध बरामद गरिएको छ । १ सय ४५ जनाविरुद्ध मुद्दा दर्ता भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here