लमही बचत सहकारीको अध्यक्षमा चौधरी

मुख्य खबर समाज

देउखुरी, ३० असोज । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले छरिएर रहेको पुँजीलाई एकत्रित गरी विपन्न समुदायका नागरिकको आर्थिकस्तर उकास्न बचत तथा ऋण सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको कुरामा जोड दिएका छन् ।
लमही बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अविधेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि केसीले उक्त कुरा बताएका हुन् । स्थानीय सरकार गठन भएपछि सहकारीहरूलाई स्थानीय सरकारमा सूचिकृत हुनुपर्ने भएकोले सहकारीहरू सूचिकृत नभएको भए स्थानीय सरकामा सूचिकृत हुन पनि नगरप्रमुख केसीले आह्वान गरे ।
संस्थाका अध्यक्ष लिला शाहको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सदस्य मधुसुदन पौडेल, पत्रकार प्रिया स्मृती गजमेर, ऋषिराम यादव, बचतकर्ता शोभाकर भुसाललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त अवसरमा सचिव लेखनाथ आचार्यले वार्षिक र कोषाध्यक्ष गोपाल चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष पुनिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा असल बचतकर्ता चुमा कामी र असल ऋणी अब्दुल कलामलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन दिपा खत्रीले गरेकी थिइन् । यसैबीच बुधबार भएको नवौं अधिवेशनले पुनिराम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषी यादव, सचिव लेखनाथ आचार्य, कोषाध्यक्ष गोपाल चौधरी र सदस्यहरूमा रेश्मा खनाल, मसुला चौधरी र पार्वता शर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *