लमही क्रिकेट मैदानको निरिक्षण

खेलकुद फिचर

देउखुरी, ११ चैत । प्रदेश नम्बर ५ को दाङसहित अन्य जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यसैबीच युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले लमहीमा रहेको क्रिकेट मैदानको स्थलगत अवलोकन गरेका छन् । उनले देशैभरका क्रिकेट मैदानभन्दा लमहीको क्रिकेट मैदान उत्कृष्ट भएको दाबी गरेका छन् ।
हरेक प्रदेशमा चक्रिय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने युवा तथा खेलकुद मन्त्री विश्वकर्माले बताए । दाङमा उसु, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, टेबुलटेनिस, एथलेटिक्स र महिला फुटबल हुने जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाले जानकारी दिए ।
पूर्वाधार निर्माणको अवस्था बुझ्न युवा तथा खेलकुद मन्त्री प्रदेश नम्बर ५ का खेल आयोजना हुने स्थलमा पुगेर मैदानको अवलोकन गरेका छन् । आइतबार दाङको लमही क्रिकेट मैदान, बेल्झुण्डी, तुलसीपुर क्षेत्रको खेल आयोजना गरिने स्थलको अवलोकन गरेका हुन् ।
पूर्वाधार खेल आयोजना गर्नसक्ने अवस्थामा पुगेका छन् । यसैगरी लमहीको क्रिकेट मैदानमा मिसन आठौं महिला क्रिकेट प्रतियोगिता आयोजना गरिदैछ । यो मैदानको निर्माण कार्यको अवलोकन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले गौरव गर्न लायक मैदान बनेको प्रतिकृया दिए ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाकर पौडेलले ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रमको सञ्चालन देउखुरी क्रिकेट क्लवका सचिव पवन शर्मा रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *