- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरलमही अस्पतालमा कर्मचारी अभाव

लमही अस्पतालमा कर्मचारी अभाव

- Advertisement -spot_img

लमही, १५ साउन ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै जनताका हरेक समस्या समाधान हुन्छन् की भन्ने आशा यतिबेला गलत सावित भएको छ । देउखुरीकै केन्द्रबिन्दु मानिने लमहीमा रहेको एकमात्र सरकारी अस्पताल कहिले डाक्टरको अभावमा जेलिएको हुन्छ त् कहिले औषधी अभावमा ।
अस्पतालमा विगत १५ दिनदेखि एम्बुलेन्स र शववाहन अस्पतालको पार्किङमा थन्किएका छन्, सँगै अस्पतालमा रहेको ईसीजी सेवा र एक्सरेसमेत बन्द अवस्थामा पुगेको छ । अस्पतालमा २० बर्षदेखि करारमा रहेर बिरामीहरुको सेवा गर्दै आएका ९ जना कर्मचारीहरुलाई करार सम्झौता म्याद सकिएको भन्दै जिम्मेवारीबाट हटाईएको छ । कर्मचारी हटाईएसँगै अस्पतालका अति आवश्यक सेवाहरुसमेत प्रभावित बन्न पुग्दा अस्पतालमा आउने बिरामी मर्कामा परेका छन् । एकातिर अस्पतालमा भनेजतिको जनशक्ति नै छैन भने अर्कोतिर एकै पटक लामो समयदेखि करारमा सेवा गर्दै आएका कर्मचारीलाई हटाउँदा अस्पताल झनै अस्तव्यस्त बन्न पुगेको छ । बिरामीको चापसमेत निकै रहेको अस्पतालले स्वयम् आफै बिरामी परेको छ । अहिले आएर भएका करार कर्मचारीलाई अवकास दिदा अस्पतालमा साउन १ गतेदेखि एक्सरे सेवा, एम्बुलेन्स सेवा, शवबाहन र ईसीजी सेवा पूर्णरुपले ठप्प रहेका छन् । ईसीजी सेवा पूर्णरुपले ठप्प हुँदा अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरु मर्कामा परेका छन् ।
लमही अस्पतालमा कार्यरत आफूलगाएत ९ जना करार कर्मचारीलाई एकैसाथ नगरपालिकाको ठाडो आदेशमा हटाईएको एम्बुलेन्स चालक महेन्द्र विकले बताए । अस्पतालमा बिगत १५ बर्षदेखि अहेवको काम गर्दै आएका बिष्णु शर्मा, आठ बर्षदेखि अहेवकै काम गर्दै आएका राजाराम चौधरी, कम्प्युटर अपरेटर आकृति सिंह, एक्सरे सञ्चालक सचेत बिरही भण्डारी, एम्बुलेन्स चालक महेन्द्र विक, शववाहन चालक रोवर कुमाल, २० बर्षदेखि कार्यरत कार्यालय सहयोगी तारा केसी, कलशपती चौधरी र सुनिता चौधरीलाई बिना सूचना जागिरबाट हटाईएको उनीहरुले बताएका छन् ।
यसअघि तीन महिना अघि मात्र अस्पतालमा करारमै नियुक्ति भएका अनमी शीला चौधरी, फार्मेसी अनिल चौधरी, ल्याब टेक्निसियन श्रीजन पौडेल र विवेक चौधरीको म्याद भने थप गरिएको अस्पतालले जानकारी दिएको छ । कसैको म्याद थपिनु र कसैको म्याद नथपिनु यो के कारण हो विगत आठबर्ष देखि हामीले पनि बिरामीको सेवा गर्दै आएका छौँ एक्सरे सञ्चालक सचेत विरही भण्डारीले गुनासो रहेको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष चेतराम चौधरीले कर्मचारीहरुको म्याद थप गर्न नसकेको बताए । उनले भने ‘कसैलाई हटाएको होइन, कार्यकाल सकिएकोले नगरपालिकाले हटाएको हो ।’ पदमुक्त भएका कर्मचारीले आफूहरुप्रति नगरपालिकाले विभेदपूर्ण व्यवहार गरेको, रोजीरोटी खोसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लमही नगरपालिका, अस्पताल विकास समिति र अस्पताल व्यवस्थापन समितिको सदस्य हुने प्रावधान हुन्छ, नगरपालिका एक्लैले निर्णय गरेको होइन अस्पतालका मेडिकल अधिकृत डा. बिमलेश कुमार गुप्ताले प्रतिक्रिया दिए । उनका अनुसार अब छिट्टै नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन खोल्ने निर्णय भएको डा. गुप्ताले बताए । त्यस्तै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले यस विषयमा म्याद थप नगरेको प्रतिकृया दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here