लमहीमा सिभिल बैंकको शाखा

मुख्य खबर

देउखुरी, २६ असार । लमहीमा सिभिल बैंक लिमिटेडको शाखा स्थापना भएको छ । ९४औँ शाखाको रुपमा स्थापना भएको शाखाको उद्घाटन लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गरेका हुन् ।
बैंकको उद्घाटन गर्दै नगर प्रमुख केसीले सेवाग्राहीको मन जितेर सेवा प्रवाह गर्न आग्रह गरेका छन् । साथै बैंक सञ्चालकलाई मुस्कानसहितको सेवा दिनुपर्ने बताएका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीले बैंकले कृषि व्यवसायलाई पनि ध्यान दिएर लगानी गर्नुपर्ने बताए ।
समृद्धिको लागि बैंकको नारा अनुसार साना तथा मझौला व्यवसायलाई लक्षित गरेर कर्जा उपलब्ध गराउने कार्यक्रम बैंकले अघि सारेको छ । प्रदेश नम्बर ५ का बैंकका प्रमुख किरण धमलाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । दाङको लमहीमा वाणिज्य र विकास बैंक गरी १७ वटा बैंकका शाखा स्थापना भैसकेको छ ।
उद्घाटन कार्यक्रममा सिभिल बैंक लिमिटेड प्रदेश नम्बर ५ का प्रमुख किरण धमला, पत्रकार राधेश्याम गुप्तालगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सिभिल बैंक लमही शाखा प्रबन्धक सौरभ न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बैंकका सौरभ रानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *