लमही बैशाख २१
लमहीमा सञ्चालन भएको एकदिने निःशुल्क मधुमेह तथा थाईराइड स्वास्थ्य शिविरमा एक सय ५० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
पानस मेडिकल हल लमहीको आयोजनामा सञ्चालित शिविरमा एक सय २८ जना मधुमेह, २७ जना थाईराइड र पाँचजना सुगर तथा थाईराइडका बिरामीको स्वास्थ्य चेकजाँच गरिएको पानस मेडिकल हल लमहीका प्रोप्राराइटर प्रभात घिमिरेले जानकारी दिए ।
धेरैजसो मानिसमा आफ्नो शरीरमा रोग लाग्नुका कारण र रोग लागिसकेपछि उपचारको पद्धतिबारे जानकारी नहुँदा समस्यामा पर्ने गरेको बताउँदै कुन रोग लाग्यो भने के हुन्छ र यसबाट बच्ने उपायका बारेमा अनविज्ञरहेका नागकिरहरुलाई जानकारी गराउन जरुरी रहेको बताए ।
शिविरमा ॐ अस्पताल काठमाडौंका बरिष्ठ मधुमेहरोग विशेषज्ञ बजरंग कुमार रौनियारले बिरामीहरुको चेकजाँच गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रेवतीरमण शर्माले मानिसको स्वास्थ्य नै जीवनको सबैभन्दा महङ्खवपूर्ण पक्ष भएकाले स्वास्थ्य अधिकार प्राप्तिका लागि स्वास्थ्य अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।
धेरैजसो मानिसमा आफ्नो शरीरमा रोग लाग्नुका कारण र रोग लागिसकेपछि उपचारको पद्धतिबारे जानकारी नहुँदा समस्यामा पर्ने गरेको बताउँदै कुन रोग लाग्यो भने के हुन्छ र यसबाट बच्ने उपायका बारेमा अनविज्ञरहेका नागकिरहरुलाई जानकारी गराउन जरुरी रहेको बताए ।
पानस मेडिकल हल लमहीका प्रोप्राइटर प्रभात घिमिरेको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ॐ अस्पताल काठमाडौंका विशेषज्ञ बरिष्ठ चिकित्सक बजरंग कुमार रौनियारले मानिसमा चार किसिमको सुगर हुने बताउँदै सुगर लाग्यो भन्दैमा आत्तिन नहुने र आफ्नो खानपान र जीवन शैलीलाई परिवर्तन गर्नसके सुगर रोग निको हुने बताएका थिए ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देवका बेलवासे लगायतको सहभागिता थियो । रेडियो हाईवेका प्रबन्ध निर्देशक केपी घिमिरेको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सम्पादक लिला शाहले गरेकी थिइन् ।