लमहीमा क्रिकेट तयारी

खेलकुद

देउखुरी, २६ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । लमहीमा यही बैशाख ५ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताको लागि तयारी गरिएको छ ।
उक्त प्रतियोगिताको लागि केही काम सम्पन्न भैसकेको र केही काम तिब्र गतिमा भैरहेको देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेलले बताए । सातै प्रदेशबाट सातवटा महिला खेलाडीको टिम र सशस्त्र प्रहरी (एपीएफ) को गरेर आठवटा टिमले लमहीको क्रिकेट मैदानमा प्रतियोगिता खेल्ने छन् ।
हामी लमहीमा हुने खेलका लागि तयारी अवस्थामा छौँ तर खेलाडीलाई आवश्यक पर्ने सामग्री भने आएको छैन अध्यक्ष पौडेलले भने । लमहीको मैदानलाई पूर्णरुपमा तयार बनाउनका लागि एकजना क्युरेटर पठाएको क्लवका अध्यक्ष पौडेलले बताए ।
लमहीमा हुने खेलका लागि सम्पूर्ण तयारी पूरा हुँदैछ, त्यसैगरी खेलाडीहरुलाई बस्नका लागि होटलहरुको ब्यवस्था, शान्ति सुरक्षाको ब्यवस्था भैसकेको छ । लमहीको मैदानमा माटो पहिले हालियो र दुबोको काम पछि हुनाले मैदानमा हराभरा छैन यति मात्र हो, मैदानभित्रको दुबो कटाईको काम पनि तिब्र गतिमा भैरहेको छ ।
कतिपय मैदानमा दुबो नै नभएको मैदानमा पनि खेलहरु भैरहेका छन् । हाम्रोमा त पिच पनि तयार भैसकेको छ, त्यसैले हामी लमहीको मैदानमा खेल खेलाउने अवस्थामा छौ देउखुरी क्रिकेट क्लवका सचिव पवन शर्मा रिजालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *