- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरलगानी विस्तार गर्दै गोरखा ग्रुप

लगानी विस्तार गर्दै गोरखा ग्रुप

- Advertisement -spot_img

तुलसीपुुर, २० बैशाख । दाङमा दुई दशकदेखि क्रियाशील भएको गोरखा ग्रुपले जिल्लाका विभिन्न क्षेत्रमा लगानी बढाउने भएको छ । सन् १९९८ मा गोरखाजहरुको लगानीमा गोरखा अभियानको नामले शुरु भएको गोरखा ग्रुप अहिले गोरखा ग्रुप प्रालिमा जाँदै क्षेत्र विस्तार गरेर लगानी बढाउन लागिएको पत्रकार सम्मेलनको आयोजना गरस् जानकारी दिइएको छ ।
शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको गोरखा ग्रुपले अब होटेल, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउन लागेको ग्रुपका अध्यक्ष मानबहादुर बुढाले जानकारी दिए ।
बेलायतमा रहेका नेपालीहरुले शिक्षाको महङ्खव बुझेर गुणस्तरीय शिक्षा दिने उद्देश्यले घोराहीमा गोरखा इन्टरनेसनल पब्लिक स्कुल स्थापना गरेको र त्यसपछि विभिन्न क्षेत्रमा विस्तार गरिएको बताए ।
ग्रुपले अहिले घोराही, तुलसीपुर र लमहीमा उच्च माविसम्मका विद्यालय, तुलसीपुर, घोराहीमा स्नातक तहका कलेज र घोराहीमा आधुनिक अस्पतालको स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
ग्रुप टिम वर्कले चलेको भन्दै एउटै छानामुनी एक सयजना अटाएर लामो सहयात्रा हुनुले अरुलाई पनि सिकाइ हुने बताए । चाहेमा एक भएर पनि काम गर्न सकिन्छ भन्ने देखाउनु पनि हाम्रो उद्देश्य हो, अध्यक्ष बुढाले भने, हामीले यो कुरा स्थापित गरिसकेका छौँ ।
९७ जना लाहुरेहरुको सक्रियता तथा डेढ करोडको लगानीबाट सुरु गरिएको गोरखा ग्रुप अहिले झण्डै ६० करोडको पुँजीसहित सेवा विस्तार गरिरहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत नवल जिएमले जानकारी दिए ।
उनले शिक्षालाई गुणस्तरता र विविधता कायम गराउने मुख्य उद्देश्य रहेको बताए । ग्रुप अब परिस्कृत भएर जान लागेको भन्दै अब विविध क्षेत्र समेटिने बताए ।
उनले ग्रुपलाई पुनर्गठन गरी लगानी थप गर्न लागिएको जानकारी दिए । अहिलेको महङ्खवपूर्ण क्षेत्र कृषि हो, उनले भने, नेपाल परनिर्भर हुँदै गएको हुँदा उत्पादन बढाउन कृषिमा हाम्रो ध्यान गएको छ । पढाइ र व्यवसायी कृषि दुबै क्षेत्र हाम्रा प्राथमिकतामा छन् उनले भने ।
ग्रुपअन्तर्गत विभिन्न संस्थाहरु सञ्चालन भएको र ती सबैको अस्तित्व फरक–फरक भएको अवस्थामा यो वर्षदेखि ग्रुपअन्तर्गतका सबै संस्थाहरुलाई एकीकृत गरी गोरखा ग्रुप प्रालिमा समेटिएको बताए ।
क्षेत्र आ–आफ्नो नै छ, उनले भने तर मूलनीति अब एउटै रहन्छ । हामी कर्पाेट हाउसको विधिबाट जाँदैछौ, उनले भने अहिले नौवटा संस्था छ, त्यो सबै एकीकृत भयो ।
कार्यक्रममा गोरखा गु्रुपको पहिलो साधारण सभा हुन लागेको पनि जानकारी गराइएको थियो । पहिलो साधारणसभाको उपलक्षमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।
उनले कार्यक्रम तुलसीपुरबाट सुरु भएको र घोराही लमही हुँदै तुलसीपुरमै आएर बैशाख २४ गते समापन गरिने बताए । साधारणसभा २४ गतेसम्म सञ्चालन हुनेछ । त्यसले ग्रुपको नयाँ नीति तथा योजना सार्वजनिक गर्ने उनले बताए ।
त्यसै अन्तर्गत बिहीबार तुलसीपुरमा गोरखा कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षमा तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा केशरजंग बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here