- Advertisement -spot_img
Monday, April 19, 2021
Homeसमाजलखुवारमा शिवालय मन्दिर

लखुवारमा शिवालय मन्दिर

- Advertisement -spot_img

घोराही, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. ६ लखुवारमा स्थापना गरिएको नर्मदेश्वर शिवालय मन्दिरको प्राणप्रतिष्ठा गरी उद्घाटन गरिएको छ ।
नर्मदेश्वर शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष बमकुमारी डाँगीको अध्यक्षतामा तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रेबबहादुर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
दाताहरुको ११ लाख ५० हजार रुपैयाँको सहयोगमा शिवालय मन्दिरको निर्माण भएको हो । त्यस अवसरका मन्दिर निर्माणमा सहयोग पु¥याएको भन्दै दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र २ का सभापति गिरिराज सुवेदी, सामुदायिक वनका कर्णबहादुर बुढाथोकी, पाण्डेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारी, विष्णुराम आचार्य, समाजसेवी तथा चन्दादाता रेख वली, प्रदेश टुडे दैनिकका प्रकाशक भुवन गौतम, थारु नेता जगवीर चौधरीलगायतले बोलेका थिए । समितिका सचिव नन्दकुमार आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विष्णुप्रसाद पोख्रेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here