- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरलक्ष्यभन्दा धेरै मुद्दा फच्र्यौट

लक्ष्यभन्दा धेरै मुद्दा फच्र्यौट

- Advertisement -spot_img

तुलसीपुर, २२ मंसिर । उच्च अदालत तुलसीपुर र मातहतका जिल्ला अदालतहरुको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी कार्य सम्पादन भएको उच्च अदालत तुलसीपुरले जनाएको छ । उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तोकेको लक्ष्यभन्दा बढी नै कार्य सम्पादन भएको बताएको छ ।
चौमासिक रुपमा उच्च अदालत तुलसीपुरले गर्दै आएको प्रेसमीट कार्यक्रममा यस्तो जानकारी दिइएको हो । उच्च अदालत तुलसीपुर, जिल्ला अदालत दाङ, रोल्पा, प्यूठान, रुकुमकोटमा लक्ष्यभन्दा पढि मुद्दाहरु फच्र्यौट गरिएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । उनले उच्च अदालतमा एक सय मुद्दा फच्र्यौटको लक्ष्य लिएकामा एक सय १४ मुद्दा फच्र्याैट गरिएको छ । दाङ जिल्ला अदालतले २ सय ९६ मुद्दा फच्र्याैटको लक्ष्य लिइएकोमा ३ सय ८ मुद्दा फच्र्यौट भएको बताए । त्यसैगरी रोल्पा जिल्ला अदालतले ६४ मुद्दा फच्र्यौटको लक्ष्य लिएकोमा ८५ वटा फच्र्यौट गरिएको, प्यूठान जिल्ला अदालत ६७ को लक्ष्य लिएकोमा ६९ मुद्दा फच्र्यौट भएको र रुकुमकोट जिल्ला अदालतले १० वटा लक्ष्य रहेकोमा १५ वटा मुद्दा फच्र्यौट गरेको पौडेलले जानकारी दिए । रजिस्ट्रार पौडेलले उच्च अदालतको मातहतमा रहेका सबै अदालतहरुले पहिलो चौमासिकमा प्रगति उच्च रहेको बताए । उनले विशेष अवस्थाका बाहेक दुई बर्ष काटेका मुद्दासमेत अदालतहरुमा नरहेको दाबी गरे । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधीश नहकुल सुवेदीले अदालतहरुको सेवा प्रभावहलाई सहज गर्दै लगेको बताए । उनले छिटो छरितो न्यायका लागि प्रयास भइरहेको बताए । कति त एक घण्टामा सेवा दिने गरी काम गरिरहेका छौँ, उनले भने, महत्वका विषय पनि जति सक्यो त्यति छिटो गर्नुपर्छ भन्ने लक्ष्य हो । कार्यसम्पादन र न्यायमा सहजताका लागि बार्षिक कार्ययोजना बनाएर सुरुदेखि काम थालेकाले लक्ष्य पूरा भइरहेको बताए । उनले गत वर्षमा ६ महिनामा भएको काम यस वर्ष चार महिनामा पूरा गरेको जानकारी दिए । उनले जिल्ला अदालतको अनुगमनका लागि उच्च अदालतका न्यायधीशहरुलाई जिम्मेवारी तोकिएको बताए । उनले देवयानी भन्दा फौजदारी मुद्दाको संख्या बढी रहेको जानकारी दिए । फैसला कार्यान्वयनमा सबैको सहयोग हुनुपर्ने भन्दै स्थानीय तहले बढी निगरानी गरेमा सबै फैसला कार्यान्वयन हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here