- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरलक्ष्यभन्दा कम राजस्व

लक्ष्यभन्दा कम राजस्व

- Advertisement -spot_img

तुलसीपुर, ९ साउन । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा लक्ष्यभन्दा करिब तीन प्रतिशत कम राजस्व संकलन भएकोे जनाएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा कार्यालयले २ अर्ब २१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब १५ करोडमात्रै राजस्व संकलन गरेको कार्यालय प्रमुख लिलाप्रसाद शर्माले जानकारी दिए ।
‘बितेको आर्थिक वर्षमा चार ठूला करदाताहरु बाहिरिए, जसको करिब १७ करोड राजस्व हुन आउँछ’ उनले भने ‘कर्मचारी समायोजनका कारण पनि समस्या भयो, भने अनुसारको जनशक्ति नहुँदा राजस्व लक्ष्यमा भेटाउन सकेनौँ ।
साविक राप्तीका पाँच जिल्ला दाङसहित सल्यान, रोल्पा, रुकुम, प्यूठान कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयको शिक्षा, स्वास्थ्य, घरबहाल करको पनि अधिकार कटौति भएको प्रमुख शर्माले बताए ।
अन्य जिल्लाका रुपमा दाङमा बढी आर्र्थिक कारोबार हुने गरेको उनको भनाई छ । ‘कार्यालयमा जिल्लागत रुपमा एकीन विवरण नभए पनि कारोबारको हिसावले दाङबाट बढी राजस्व संकलन हुने गरेको छ’ उनले भने ‘ठूला लगानीका उद्योग व्यवसाय दाङमै छन्,
त्यसैले कर पनि बढी दाङबाट संकलन हुने गरेको छ । उनले कार्यालयले वितेको आर्थिक वर्षमा लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष ०७४÷७५ को तुलनामा ११ प्रतिशत बढी राजस्व संकलन गरेको बताए ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ९४ करोड राजस्व संकलन गरेको थियो भने वितेको आर्थिक वर्षमा २ करोड १५ लाख राजस्व संकलन भएको थियो ।
प्रमुख शर्माका अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा राजस्व दाखिला गर्ने चार ठूला कम्पनी बाहिरिएका छन् । आर्थिक कारोबार ४० करोड पुगेका र ४० करोडभन्दा माथिको कारोबार गर्ने चार ठूला कम्पनी वितेको वर्षदेखि बाहिरिएपछि राजस्व संकलनमा केही कमि आएको हो ।

कार्यालयमा जिल्लागत रूपमा एकीन विवरण नभए पनि कारोबारको हिसावले दाङबाट बढी राजस्व संकलन हुने गरेको छ । 

४० करोड वा त्यसभन्दा माथि कारोबार गर्ने करदाता आन्तरिक राजस्व कार्यालयभित्र नपर्ने र उनीहरुले काठमाडौँमा भएका मझौला कर कार्यालयमा कर दाखिला गर्ने हुँदा राजस्व लक्ष्य नजिक पुग्न नसकेको बताए ।

बक्यौता रकम उठाउन सकस

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले लामो समयदेखि उठ्न बाँकी रकम उठाउन सकेको छैन् । कार्यालयमा भएको जनशक्ति, करदाताको अटेरीलगायतका कारण बक्यौता ठूलो रकम उठन् बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले २९ करोड बक्यौता रकम मध्ये साढे ८ करोड रकममात्रै उठाउन सफल भएको छ । कार्यालयले अझै करिब २० करोड बक्यौता रकम उठाउन सकेको छैन् । वर्षेनी करदाताले समयमै कर नबुझाउँदा राज्यलाई करोडौँको घाटा हुने गरेको छ ।

समयमै कर नबुझाउनेलाई कारवाही

कार्यालयले वितेको आर्थिक वर्षमा समयमै कर दाखिला नगर्ने ६१ फर्म तथा व्यक्तिलाई कारवाही गरेको छ । कार्यालय प्रमुख लिलाप्रसाद शर्माका अनुसार समयमै कर दाखिला नगर्ने ६१ फर्म तथा व्यक्ति कारवाहीमा परेका हुन् ।
‘समयमै कर दाखिला नगर्ने फर्म तथा व्यक्तिलाई शुन्य सहनशीलतामा आक्रामक रुपमा कारवाही प्रक्रियामा जाने गरेका छौँ’ उनले भने ‘कारवाहीमा परेका फर्म तथा व्यक्तिका बैंक खाता रोक्कादेखि जग्गा, जमीन बिक्री वितरणमा समेत रोक लगाउने गरेका छौँ ।
कार्यालयले ४६ वटाको लक्ष्य राखे पनि लक्ष्यभन्दा १५ वटा बढी व्यक्ति तथा फर्मलाई कारवाही गरेको छ । कारवाहीबाट साढे आठ करोड राजस्व संकलन भएको शर्माले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here