घोराही, ३ असोज । नेपाल परिवार नियोजन संघ दाङ शाखाले आफ्नो स्थापना दिवसका अवसरमा घोराही उपमहनगरपालिका लक्ष्मीपुरस्थित लक्ष्मीपुर हेल्थपोष्टमा लामो अवधिको परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
नेपाल परिवार नियोजन दाङ शाखाका अध्यक्ष तीर्थ सन्तोषीको अध्यक्षता एवं घोराही उपमहनगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराही उपमहनगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने,
नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निर्मला गौतम रेग्मीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले स्वस्थ नागरिकविना देशले अघि सारेको सुखी नेपाली खुशी जनता र समृद्ध नेपालको नारा नारामै सीमित हुने भएकाले नागरिकको स्वास्थ्यमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा सदस्य माधव पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष भीम बहादुर सार्की, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य कुमारराज श्रेष्ठ, घोराही उपमहनगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीलगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
शिविरमा महिलाहरुका लागि आइयुसीडी र इम्प्लान्ट सेवा प्रदान गरिनुका साथै प्रजनन् स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको थियो । कार्यक्रममा बारेमा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रवन्धक बसन्त खनालले प्रकाश परेका थिए भने कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् ।
