लक्ष्मीनारायण मन्दिरको साधारणसभा

मुख्य खबर

तुलसीपुर, २४ भदौ । तुलसीपुरमा रहेको लक्ष्मीनारायण मन्दिरको छैटौ साधारणसभा भएको छ । तुलसीपुर–६ रजौरामा रहेको मन्दिरको साधारणसभा मधुसुदनाचार्य वेदान्तीको अध्यक्षतामा भएको हो ।
मन्दिर व्यवस्थापन तथा सम्वद्र्धनका लागि के–कस्ता गतिविधिहरु सञ्चालन गर्नुपर्ने त्यसका लागि समेत विशेष छलफल गर्नुपर्ने उक्त कार्यक्रममा बताईएको थियो । हिन्दूत्वको संरक्षण गर्नका लागि सवै एकजुट हुनुपर्ने उनीहरुले यस्तो बताए ।
विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम मंगलाचरणका साथ कार्यक्रमको शुभारम्भ गरिएको थियो । मन्दिर व्यवस्थापन समितिका सचिव मनोज रेग्मीले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै कोषाध्यक्ष हरिलाल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा खगेन्द्र बस्याल, केशव प्रसाद भण्डारी, गोविन्द प्रसाद रजौरे, डिल्लीराज गौतम, नर्वदा शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्मल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डिल्लीराज रेग्मीले गरेका थिए ।

एकादशी पूजा आरधना

तुलसीपुर, २३ भदौ । तुलसीपुरमा एकादशी पूजा आरधना कार्यक्रम भएको छ । सोमबार हरिर्वशिनी एकादशी श्रीमद्भागवत सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा पूजा आरधना गरी मनाईएको हो ।
पण्डित नारायण कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूजा आरधनासहित भजनकीर्तन समेत गरिएको थियो । जसमा जागेश्वर भण्डारी, भिमप्रसाद भण्डारी, गिरुप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
खिमकान्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन खिमकान्त भुसालले गरेका थिए भने कार्यक्रम सचिव शेषमणि रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *