- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचररोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

- Advertisement -spot_img

रोल्पा, १३ असोज ।
रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिबाङमा सोमबार भएको बस दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।
रुइनिबाङ बजारको जीपपार्कमा फर्काउने क्रममा आशीर्वाद यातायात प्रालिको ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here