- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचररोपाई सकिएपछि मल

रोपाई सकिएपछि मल

- Advertisement -spot_img

घोराही, २० साउन । यो वर्षको धान खेती लगभग सकिएको छ । धानखेती हुने खेतहरु प्रायः रोपी सकिएका छन् । तर यहाँका किसानहरुले धानको बीउ राख्ने समयदेखि रोप्दासम्म पर्याप्त मल पाएनन् । यो वर्ष अधिकांस किसानहरुले मलविना धान रोपाई गरेका छन् ।
मनसुन ढिला सक्रिय भएपछि खेतमा धानको बीउ पनि ढिलै राखिएको थियो । तर बाह्रैमास पानी चल्ने खेतहरुमा भने छिट्टै नै धान रोपिएको थियो । किसानहरुले समयमै मल नपाउँदा निकै सास्ती पाएका थिए ।
धान रोप्ने समयमा किसानहरुले मलको खोजीमा कहिले कृषि सामाग्री केन्द्र त कहिले नेपाल साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडमा धाउन ठिक्कै भयो । कतिपय किसानहरु भने भैरहवा पुगेर पनि मलको जोहो त गरे तर त्यो प्रभावकारी हुन सकेन ।
लगानी र व्यवस्थापनको लागि खेतमा धान रोपेर सकिएपछि मात्र दाङमा मल आएको छ । यो समयमा भनेको खेतमा प्रशस्त युरिया र डिएपी मल हालेर धान रोपिएका खेतहरुमा टप वेस गर्ने समय हो ।
किसानहरुले पहिलो चरणमा धान रोप्ने समयमा नै मल पाएनन् । रोप्दा हाल्नु पर्ने मल रोपाई सकिएपछि आएको छ । अहिले किसानहरुको लागि भनेर आएको मल कुनै औचित्य देखिदैन् ।

किसानहरुले पहिलो चरणमा धान रोप्ने समयमा नै मल पाएनन् । रोप्दा हाल्नु पर्ने मल रोपाई सकिएपछि आएको छ । अहिले किसानहरुको लागि भनेर आएको मल कुनै औचित्य देखिदैन् ।

दाङमा केही दिनदेखि मल भित्री रहेको छ । कृषि सामाग्री केन्द्रमा तीन दिनको अवधिमा मात्रै ७५ मेट्रिक टन युरिया मल ल्याइएको छ । त्यस्तै २५ मेट्रिक टन डिएपी मल आएको कृषि सामाग्री केन्द्र घोराहीले जनाएको छ ।
त्यसैगरी नेपाल साल्ट टे«डिङले पनि ४२ मेट्रिक टन युरिया मल ल्याएको छ । त्यसैगरी ६० मेट्रिक टन डिएपी मल स्टकमा रहेको कर्पोरेशनले जनाएको छ  । केही दिन यता मात्रै घोराहीबाट मल वितरण गर्ने कृषि सामाग्री केन्द्र र नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनमा मल आएको हो ।
खेतमा अधिकांस किसानहरुले धानको बीउ रोपिसकेकाले थोरै मात्र किसानहरुले मलको माग गरेको नेपाल साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड घोराहीका प्रमुख आनन्दकुमार न्यौपानेले बताए ।
‘खेती समयको शुरुमा किसानहरुले धेरे मलको माग भए पनि त्यो अनुसार पु¥याउन सकिएन्’ लिमिटेडका प्रमुख न्यौपानेले भने ‘थोरै–थोरै सबै किसानहरुलाई पु¥याउन कोशिस गरियो ।’
हिजोआज गोदाममा प्रशस्त मल आएपनि त्यो अनुसारको किसानको माग नभएको उनको भनाई छ । युरिया मलको अभाव भएपछि विकल्पको रुपमा निजी कम्पनीबाट भएपनि एमोनियम सल्फेट मल र डिएपि मलको विकल्पमा सिंगल सुपर फस्फेट मल वितरण गरेको समेत बताए ।

‘शुरुको समयमा जिल्लामा युरिया मलको केही अभाव थियो’ न्यौपानेले भने ‘तर धेरैजसो कृषकहरुले मल पाएका छन् ।’ एमोनियम सल्फेट मलले युरिया र सिंगल सुपर फस्फेटले डिएपी मलको काम गर्ने हुँदा मलको अभाव नभएको उनको दाबी छ ।
त्यस्तै कृषि सामाग्री कम्पनी लिमिटेडमा पनि युरिया र डिएपी मल स्टकमा रहेको लिमिटेडका प्रमुख विष्णुप्रसाद केसीले बताए । ढिलो समयमा मल आएकाले आवश्यक परेका किसानहरुले लैजान सक्ने उनले बताए ।
कृषि सामाग्री केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले मल अभावका कारण यो वर्ष धान उत्पादनमा कम गिरावट आउने बताए । ‘धान रोप्ने समयमा किसानहरुलाई पर्याप्त मल पु¥याउन सकेनौँ’ उनले भने ‘हामीले लक्ष्य अनुसारका धान उत्पादन गर्न सक्दैनौ कि ? भन्ने अनुमान गरेका छौँ ।

९९ प्रतिशत रोपाई

दाङमा असार १९ गतेसम्म ९९ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बहादुर बस्नेतलले दिएको जानकारी अनुसार ढिलो गरी रोपाई सुरु भएको भएपनि अहिलेसम्म ९९ प्रतिसत धान रोपाई सकिएको बताए ।
यो वर्ष ढिलै भएपनि वर्षाले साथ दियो, किसानले त्यहि अनुसार खेती गरे उनले भने तर, किसानहरुको माग अनुसार मलको अभाव यथावत रहयो ।
धान रोपेको एक हप्तासम्म पहिलो चरणको मल प्रयोग गर्न सकिने भएपनि अधिकांस खेतहरुमा टप वेस गर्र्ने समय भएको बताए । धानको बीउ रोपेको २० देखि २५ दिनसम्म टप वेस गर्नुपर्ने उनले बताए ।
धान रोपिएको खेतमा अहिले पनि हेर्ने हो भने अधिकांस बीउ पहेंला देखिन्छन् । जसलाई सपार्नको लागि युरिया मलको आवश्यक पर्छ । ढिलो समयमा मल आएपछि किसानहरुले टप वेस गर्ने समयमा पहिलो चरणको मल हालेका छन् ।
‘खेतमा धानको बीउ रोप्ने समयमा पनि मल पाइएन’ घोराही उपमहानगरपालिका–१२ हापुरका महेश्वर चौधरीले भने ‘अब टप वेस गर्ने समयमा आएको मल के गर्नु के नगर्नु ? हामीलाई रोपाई सकिए पछिको मल ‘लगन पछिको पोते’ जस्तै भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here