रोटरी दाङको ‘सेवा कार्यक्रम’ अभियान

मुख्य खबर समाज

घोराही, ४ साउन । रोटरी क्लव अफ दाङले सेवा कार्यक्रम ‘सर्भिस प्रोजेक्ट’ सञ्चालन गर्ने भएको छ । सन् २०१९÷०२० का लागि अध्यक्ष हुन लागेका तीर्थ पौडेलले शैक्षिक र सामाजिक क्षेत्रमा सुधार ल्याउनका लागि सेवा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
रोटरी दाङको नियमित बैठकमा अध्यक्ष पौडेलले घोराही उपमहानगरपालिकाका १९ वटै वडामा एक÷एक वटा विद्यालय छानेर शैक्षिक सुधारका लागि सहयोग गर्ने र विभिन्न गाउँमा महिलाहरुको सशक्तिकरणका कार्यक्रम गर्ने योजना सार्वजनिक गरेका हुन् ।
सेवा कार्यक्रमअन्तर्गत पहिलो चरणमा घोराही उपमहानगरपालिका ४ स्थित आधारभूत विद्यालय सवारीकोटमा शिशु कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने गरी विद्यालयसँग रोटरीले सम्झौतासमेत गरेको छ ।
उक्त कार्यका लागि रोटरीका अध्यक्ष तिर्थ पौडेल र विद्यालयका प्रधानाध्यापक बोधीप्रासाद पोख्रेलबीच सम्झौता भएको छ । साथै सोही विद्यालयमा खानेपानीका लागि ५ हजार लिटरको ट्यांकी सहयोग गर्ने समेत रोटरीले प्रतिवद्धता जनाएको छ ।
यसैबीच घोराही–३ बेलुवा बन्जाडीका राजेन्द्रकुमार शर्माले रोटरी क्लवमार्फत आफ्ना बुवा शिवराज उपाध्यायको नाममा सवारीकोट विद्यालयलाई पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी, जनजाति महिलाहरुको जीवनस्तर सुधार, नेतृत्व विकास र उद्यमशीलतामा आकर्षित गर्ने गरी अभिुमखीकरण कार्यक्रम गर्ने पनि रोटरीले निर्णय र सम्झौता गरेको छ ।
जसका लागि बेलुवा बन्जाडी सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष आशाराम थारुलाई उक्त कार्यक्रमका लागि पहिलो चरणमा पाँच हजार रुपैयाँ सहयोग भएको छ ।
यसैबीच यही साउन ११ गते रोटरी क्लव अफ दाङको सन २०१९÷२०२० का लागि पद हस्तारन्तरण हुने भएको छ । हालै कार्यकाल सकिएका रोटरीका अध्यक्ष डा. निरन्जन आचार्यले नवनिर्वाचित अध्यक्ष तिर्थ पौडेलको कार्यसमितिलाई पद हस्तान्तरण गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *