रोटरी क्लव अफ दाङको अध्यक्षमा पौडेल

फिचर मुख्य खबर

घोराही, १२ साउन । रोटरी क्लव अफ दाङको अध्यक्षमा तीर्थ पौडेल चयन भएका छन् । बर्ष २०१८/१९ का अध्यक्ष डा. निरन्जन आचार्यले बर्ष २०१९÷२० का लागि पौडेललाई बर्ष पद हस्तान्तरण गर्दै रोटरी क्लव अफ दाङमा नयाँ नेतृत्व चयन भएको हो ।
क्लवका प्रेसिडेण्ट इलेक्टमा डा. चेतनारायण पाण्डे, प्रेसिडेण्ट नोमिनीमा रजिव उल्लाह खान, उपाध्यक्षमा प्रदिप सुबेदी, महासचिबमा प्रदिप मजगैयाँ र कोषाध्यक्षमा भरतराज देवकोटालाई चयन गरिएको हो ।
नव निर्वाचित अध्यक्षसहित पदाधिकारीहरुले पद हस्तान्तरणपछि पद तथा गोपनीयताको सपथसमेत लिएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष डा. निरन्जन आचार्यले तुलसीपुरको शहिद स्मृति आवासीय विद्यालय वनकट्टी विद्यालयमा १२ वटा महिलामैत्री बाथरुम निर्माण,
विभिन्न स्वास्थ्य शिविर, विद्यालयमा फिल्टर वितरण, सूचना बोर्ड स्थापना गरेको र मुटु रोगको उपचारका लागि क्याथल्याव सञ्चालनका विषयमा पहल थालेको जानकारी दिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष तीर्थ पौडेलले एक बर्षे कार्यकालमा शिक्षा,
स्वास्थ्य र महिलाहरुको नेतृत्व, सीप र क्षमता विकासका काम गर्ने योजना रहेको बताए । विभिन्न सहयोगी दाताहरुसँगको समन्वय र स्थानीय सरकारको साझेदारीमा सामाजिक रुपान्तरणका लागि काम गर्ने उनको भनाई छ ।
घोराही उपमहानगरका १९ वटै वडाका एक÷एक विद्यालयलाई नमूना विद्यालय बनाउने, प्रसूति गराउने स्वास्थ्य चौकीहरुलाई आवश्यक सहयोग गर्ने र विषेशगरी जनजाति महिलाहरुको सशक्तिकरणका लागि काम गर्ने उनले योजना सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *