तुलसीपुर, २८ मंसिर । रोटरी क्लव अफ तुलसीपुर सिटी र रतननाथ सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कक्षा १, २ र ३ मा अध्ययनरत करिव ८० जना बालबालिकाहरूलाई स्कुल ब्याग, स्कुल पोशाक र शैक्षिक सामग्रीको साथै सरसफाई सामग्री वितरण गरिएको छ ।
रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत पश्चिम दाङमा अवस्थित रतननाथ प्रावि पोटलीमा पुगेर ती सामग्री वितरण गरिएको हो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रतननाथ सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष घनश्याम उपाध्यायले रोटरी क्लवजस्तो विश्वमै नाम कमाएको अन्तर्राष्ट्रिय संस्थासँग साझेदारीमा काम गर्न पाउनु आफू र यो सहकारी संस्थाको लागि गर्वको विषय भएको बताए ।
कार्यक्रममा विशिष्ठ अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ का पूर्व असिष्टेन्ट गभर्नर कुशल तर्तालले रोटरीको आरसिसी भिलेज नजिकै रहेको यो स्कुललाई पनि प्राथमिकतामा राखी यसको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धिको लागि थप कार्यक्रम गर्दै जाने बताए ।
कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफान बाबु श्रेष्ठले बालबालिकाहरूलाई स्कुल जाने बेला हौसला र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यस्तो सामग्री वितरण गरेको बताए ।
रतननाथ सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष राजकुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक टिका शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र कोषाध्यक्ष देवेन्द्र केसीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव सन्दिपन रिजालले गरेका थिए ।
