- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबररेडियो नेपालको प्रादेशिक प्रशारण

रेडियो नेपालको प्रादेशिक प्रशारण

- Advertisement -spot_img

तुलसीपुर, २५ जेठ । रेडियो नेपालको प्रादेशिक प्रसारण दाङबाट शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका–१८ हेमन्तपुरबाट शुरु भएको प्रादेशिक प्रसारणको शुक्रबार सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेका हुन् ।
प्रादेशिक प्रसारणको उद्घाटन तथा रेडियोको नयाँ भवन निर्माणको शिलान्यास गर्दै मन्त्री बास्कोटाले रेडियो नेपालको प्रादेशिक प्रसारणले समग्र ५ नम्बर प्रदेशको भाषा ,कला, संस्कृतिलाई जोड्ने बताएका छन् ।
उनले सञ्चारमाध्यम सरकार र जनता बिचको पुल भएको भन्दै पुलबाट आउजाउ गर्ने मानिसलाई चेतनाको विगुल फुक्न प्रादेशिक प्रसारणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्री बास्कोटाले सञ्चारमाध्यम बज्ने झलकमान गन्धर्वको कथा अब नदोहरिने बताए । ‘लाहुरे संस्कृतिका कारण झलकमान गन्धर्वको गीत चर्चा पाएको थियो, अब हामीले लाहुरे संस्कृतिको अन्त्य गरी देशमै श्रम संस्कृतिको शुरुवात गछौँ’,
उनले भने ‘सरकारले युवालाई देशमै रोजगारी दिने गरी काम गर्न थालेको छ, देशको अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा छौँ, मिडियामा सरकारले काम नगरेको खबरहरु आउन सकेको छैन् तर हामीले गरिरहेका छौँ, निर्माणको चरणमा छौँ, परिमाणात्मक देखिन सकेको छैन्, अहिले हामीलाई उडाएका छन्, हामीले तिनैलाई रेलमा गुडाउने छौँ  ।
दाङमा रहेको स्टुडियोबाट सञ्चालनमा रहेको रेडियो नेपालको प्रादेशिक प्रसारणले ५ नम्बर प्रदेशको स्थानीय भाषा, कला, संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्दै अब दैनिक ६ घण्टा स्थानीय भाषा कलाको बारेमा प्रसारण गरिने बताए । ‘दाङमा थारु समुदाय लगायतको भाषा, कला, संस्कृतिलाई जोड दिनेछ, अरु अन्य भाषाको पनि सम्मान गर्दै स्थानीय जनताको साथी बन्नुपर्छ ।’
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले मिडियाले सही, सत्य र सकारात्मक प्रचार गर्नुपर्ने बताए । उनले दाङमा सञ्चारको विकासले निकै फड्को मारेको अवस्थामा फोर जी नेटवर्क पनि छिट्टै सञ्चालनमा आउने समेत बताए ।
‘फोर जी नेटवर्कका लागि १ सय ३ वटा टावर दाङमा आउँदै छ, अर्को वर्षसम्म सञ्चालन हुनेछ, अर्को कुरा दाङमा फोनको नेटवर्क समस्या पनि तत्काल अन्त्य हुन्छ, छवटा टावर निर्माणको अन्तिम चरणमा पुगेका छन्, टावरको पावर पनि राम्रै छ, टावर निर्माण गरेपछि फोन हान्न नपाउँदै उताबाट हेल्लो भनिहाल्छ ।’
सञ्चारमाध्यममा सरकारले गरेका सकारात्मक विकास कम आउने गरेको समेत बताए । जनताको साथी मिडिया भएकाले साथीले विश्वास दिलाउनुपर्ने उनको भनाइ छ ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, रेखा शर्मा, राष्ट्रियसभा सदस्य कोमल वलीलगायतले रेडियो नेपालको प्रादेशिक प्रसारणले प्रदेशका नागरिकलाई सुसूचित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
रेडियो नेपालको प्रादेशिक प्रसारण एफएम ब्याण्डको ९८ मेगाहर्जमा सुन्न सकिन्छ भने प्रादेशिक प्रसारणमा दैनिक तीन घण्टा स्थानीय सामाग्री प्रसारण हुने र अन्य समयमा केन्द्रीय प्रसारण जोड्ने प्रादेशिक प्रमुख गोकर्ण रेग्मीले बताए ।
यसैबीच रेडियो नेपालको प्रादेशिक प्रसारणका लागि अत्याधुनिक भवनको निर्माण शुरु भएको छ । नौ महिनामा निर्माण सक्ने गरी २ करोड १७ लाख ७६ हजार ८ सय ६५ रुपैयाँका लागतमा अत्याधुनिक भवनको निर्माण कार्य पनि शुरु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here