दाङ, २० भदौ । नेपाल रेडक्रस सोसाईटी दाङले रेडक्रस स्थापना दिवसको अवसरमा अन्तरक्रिया गरेको छ । रेडक्रसको ५७औँ स्थापना दिवसको अवसरमा दाङ शाखाले सरोकारवालाहरुबीच अन्तरक्रिया गरेको हो ।
मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवस मनाईएको छ ।
जिल्ला सभापति नारायण आचार्यको सभापतित्व तथा संस्थापक मन्त्रि नवराज रजौरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमका बोल्ने वक्ताहरुले रेडक्रसको मानवीय सेवालाई प्रभावकारी बनाउनुपर्ने र रेडक्रसको नीति, विधि र आस्था मेटाउन नहुने बताएका थिए ।
कार्यक्रममा जिल्ला सदस्य हरिहर पौडेल, शिव थापा, उपशाखा सभापति केशव शर्मा पत्रकार गोपाल शर्मा भट्टराई, प्राक्टिकल एक्सनका लक्ष्मी अवस्थी, हिरासिंह विश्वकर्मा लगायतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन उपमन्त्रि विष्णु बहादुर थापाले गरेका थिए ।
नगरस्तरीय लोकगीत प्रतियोगिता
यसैबीच नेपाल रेडक्रसको स्थापना दिवसको अवसरमा तुलसीपुरमा नगरस्तरीय लोकगीत प्रतियोगिता भएको छ । रेडक्रसको ५७औँ स्थापना दिवसको अवसरमा विहीबार मावि कालाखोलामा उक्त लोकगीत प्रतियोगिता भएको हो ।
जुनियर रेडक्रस सर्कल मावि कालाखोलाले आयोजना गरेको नगर विद्यालय लोकगीत प्रतियोगिता कार्यक्रमका वक्ताहरुले रेडक्रसले समाजमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
विद्यालयको जुनियर रेडक्रस सर्कलकी अध्यक्ष सीता खड्काको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी दाङका जिल्ला सचिव शंकरप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
जसमा मावि भित्रि सक्रामकी मनिषा बुढा प्रथम भएकी छन् । यस्तै अमर इङ्लिश स्कुल कालाखोलाकी निर्मला डाँगी द्वितीय, महेन्द्र मावि तुलसीपुरकी पूजा बिएम तृतीय हुन सफल भएकी छन् भने बाल मितेरी मावि भोजपुरका खुम बहादुर राना र सीता पुन सान्त्वना हुन सफल भए ।
कार्यक्रमका अवसरमा बोल्दै विशिष्ट अतिथि एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउनी चौधरी, शिक्षक पूर्ण विष्ट लगायतले समाजको लागि यस संस्थाले आगामी दिनमा पनि यसरी नै अग्रसर भएर काम गरिरहन आग्रह गरेका थिए । कार्यक्रम विद्यालयका सहायक प्रअ छवि न्यौपानेले सहजीकरण गरेका थिए ।