रूकुममा पर्यटनको सम्भावना

breaking-news फिचर मनोरञ्जन

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ३ जेठ ।

सिङ्गो रूकुमलाई ५२ पोखरी ५३ टाकुरी भनेर चिनिन्छ । सिङ्गो रूकुममा ४३ वटा गाउँ विकास समिति र ३ सय ८७ वटा वडा रहेका थिए । २०७३ सालमा नेपाललाई उपमहानगर–पालिका, महानगरपालिका, नगरपालिका र गाउँपालिकामा परिणत भएको थियो ।

स्थानीय तह बनेपछि सिङ्गो रूकुमलाई दुईवटा जिल्लामा वर्गीकरण छ । रूकुम पूर्व र रूकुम पश्चिम रूपमा वर्गीकरण ग¥यो । रूकुम पूर्वमा अहिले सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथाउत्तर गरी तीन स्थानीय तह रहेका छन्

भने रूकुम पश्चिममा बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका , सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिका गरी ६ स्थानीय तह छन् ।

रूकुम पश्चिममा पर्यटनको हिसावले हेर्ने हो भने आसालाग्दा ठाउँहरू छन् । मुसिकोट नगरपालिकाको डिग्रेमन्दिर, बाँफिकोट गाउँपालिकाको स्यार्पुताल,

चौरजहारी नगरपालिकाको चौरजहारी फाँट, आठबिसकोट नगरपालिकाको कालिका मन्दिर, नौधारी, सानीभेरी गाउँपालिकाको मौराखारा लेक, बाँफिकोटको बुरालमस्ट मन्दिर, मेलगैरी र मुसिकोट नगरपालिकाको मुसिकोट डाँडा रूकुम पश्चिमका पर्यटकीय स्थल हुन् ।

त्यस्तै रूकुम पूर्वमा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, कमलताल, गुप्ता दह, रूकुम पूर्वका पर्यटकीयस्थल हुन् । पर्यटन ब्यवसायी मानबहादुर खत्रीका अनुसार सिस्ने हिमालको उचाई ५९११ रहेको छ ।

यी दुबै जिलाका पर्यटकीय स्थललाई संरक्षण गर्ने हो भने पर्यटकहरूको आवागमनमा वृद्धि हुने सम्भावना देखिन्छ । पर्यटनको हिसाबले हेर्ने हो भने दुबै जिल्लाका पर्यटक स्थललाई स्थानीय तहले संरक्षणमा ध्यान दिनुपर्ने पर्यटन ब्यवसायी मानबहादुर खत्री बताउँछन् ।

पर्यटकको आवागमनमा वृद्धि गर्ने हो भने एक जिल्लाबाट अर्को जिल्लामा, एक गाउँपालिकाबाट अर्को गाउँपालिकासम्म, एक वडाबाट अर्को वडासम्म पर्यटकहरूलाई जानको निम्ति आवश्यकता पर्दछ ।

कुनै ठाउँमा सडक सञ्जालमा जोडिएका छ भने कतै जोडिन बाँकी छन् । सबै स्थानीय तहहरू गाउँपालिकाको कार्यालयदेखि वडा कार्यलयसम्म सडक सञ्जालमा जोडिएका छन् ।

डिग्रे मन्दिरमा मंसिर महिनाको एकादशीदेखि पञ्चमीसम्म ठूलो मेला लाग्दछ । मेला हेर्न रूकुम पूर्व, जाजरकोट, सुर्खेत, दैलेख, बाँके, बर्दिया, दाङ, सल्यान, प्यूठान लगायतका जिल्लाबाट मेला हेर्न दर्शन आउने गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले बताए ।

त्यस्तै स्यार्पुको छेउमा दुई वर्ष स्यार्पु पर्यटन महोत्सव लगाएर यहाँ महोत्सव हेर्न देश बिदेशबाट पर्यटकहरू महोत्सव हेर्न आएका थिए । त्यस बर्षदेखि स्यार्पुतालमा ताल हेर्न पर्यटन आवागमन बढेको छ ।

त्यस बर्षदेखि नै प्रत्येक बर्ष असोज ११ देखि १५ गतेसम्म स्यार्पु पर्यटन मेला लाग्दै आएको छ । ताल हेर्न आएका पर्यटकका निम्ति तालको छेउमै होमस्टे पनि निर्माण गरिएको छ ।

सानीभेरी गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा पर्यटकलाई भित्र्याउनका निम्ति मौराखरा गुरिल्ला म्याराथुन नामक दौड प्रतियोगिता गर्दै आएको छ । त्यस्तै रूकुम पूर्वको पाटनमा बैशाख महिनादेखि यार्सागुम्बा खुल्ने गर्दछ । अहिले विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारणले यसपटक यार्सागुम्बा संकलनमा रोक लगाएको छ ।

रूकुम पश्चिम र रूकुम पूर्वमा पर्यटकका निम्ति हेर्न लायक ठाउँहरू धेरै छन् र पर्यटनको सम्भावना पनि निकै महत्वपूर्ण छ । आ–आफ्नो पर्यटक स्थललाई स्थानीय तहले जगेर्ना गरेपछि यसको परिणाम स्थानीय तहकै देखिन्छ । पर्यटकलाई भित्र्याउन स्थानीय तहले स्थानीयमुखी कार्यक्रम जरूरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *