- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचररित्तिदै बस्ती

रित्तिदै बस्ती

- Advertisement -spot_img

बनगाडमा खानेपानी संकट …
सल्लीबजार (सल्यान), २२ बैशाख । सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा खानेपानीको अभाव देखिएको छ । नगरका सबै वडाहरुमा गर्मी बढेसँगै खानेपानीको संकट देखिएको हो । गर्मीले पानीका मुहान सुक्दै गएकोले पानीको संकट देखिएको स्थानीयहरुले बताएका छन् ।
साविकका गाविसहरु निगालचुला, कुपिण्डे, माझकाँडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सरी पानी भएको क्षेत्रतिर जान थालेका छन् ।
बनगाड कुपिन्डे नगरपालिका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै संकट परेको स्थानीय अमर प्राविका प्रधानाध्यापक झलक बुढाले बताए ।
पानीको स्रोत सुक्दै गएकाले बर्षेनी तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेको भन्दै यहि चरण रहेमा बस्ती नै खाली हुने खतरा बेढेको बुढाले बताए । उच्च डाँडाकाँडा बस्तीहरुमा पानीको अभाव भएपछि तीन÷चार घण्टा हिडेर पानीको जुगाड गर्नुपर्ने बाध्यता रहेको छ ।
एउटै घरबाट दुई÷तीनजनाले पालैपालो पानी ओसार्नु परिरहेको र दैनिक अन्य काम छाडेर पानी ल्याउने काम मात्र गर्ने गरेको बनगाड कुपिण्डे नगरपालिका–३ मेल्टाकुराका स्थानीय इन्द्र पुनले बताए ।
दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात÷आठजना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौँ–धौँ छ, उनले भने । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको निगाल्चुलाका प्रेम बहादुर पुनले बताए ।
आकाशे पानी संकलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता रहेको स्थानीयहरुको भनाई छ । पानी संकलनका लागि निगालचुलामा चारवटा पोखरी बनाइएको छ ।
यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीय लालबहादुर घर्तीले पीडा सुनाए । पर्याप्त पानी नपरेपछि आकाशे पानी संकलनका लागि बनाइएका घैँटासमेत खाली छन् ।
पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीय नारायण खत्रीले बताए । पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयबासी गाउँ छोडेर जान थालेका छन् ।
गाउँमा आउने न त पानीको स्रोत छ, न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ, खत्रीले भने । खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्गन्धित र फोहरसमेत भइरहेका छन् । खानेपानीकै अभावका कारण नगर क्षेत्रका करिब ३६ हजार जनसंख्या प्रभावित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here