आधुनिक कृषि प्रविधिको उच्चतम प्रयोग गरी उत्पादन तथा उत्पादकत्व बढाउने हेतुले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक तथा आधुनिक कृषि उद्यममा परिवर्तन गरिरहेको मानव जातिले लामो अध्ययन अनुसन्धान र प्रयोगको परिणामको आधारमा अनेक गुण भएका रासायनिक तत्व यौगिकहरूको विकास ग¥यो । इतिहासलाई एकपटक खोतल्ने हो भने,
विभिन्न रासायनशास्त्री र खोजकर्ताहरूले गरेको अनुसन्धानले कृषि क्षेत्रमा शत्रुजीव नियन्त्रण विधिमा कायापलट नै ल्याउने बलिया खोजहरू नि बाहिर आए । जहाँसम्म बिषादी प्रयोगको प्रसंग छ, चारवेदहरूमध्येको एक महत्वपूर्ण मानिने श्रृग्वेदमा पनि बिषालु विरूवाहरूको प्रयोग गरी किराहरूको नियन्त्रण गर्ने गरिएको भेटिन्छ ।
त्यस्तै करिब २००० इ.पू.देखि नै प्राचिन मेसोपोटामिया क्षेत्रमा पनि बाली संरक्षणको लागि विभिन्न प्राकृतिक बिषादीको प्रयोग गर्ने गरिएको प्रमाण भेट्न सक्छौँ । १५औ शताब्दीमा आर्सेनिक, शिशा, पारोजस्ता हानिकारक रसायनहरूको प्रयोग बिरूवाहरूमा गरिएको इतिहास पनि ताजै छ ।
त्यस्तै १७आँै शताब्दीमा सूर्तिको बोटमा पाइने निकोटिन नामक तत्वको प्रयोग गरी किराको नियन्त्रण गर्ने गरिएको भेटिन्छ । तर विधिवत अनुसन्धानको प्रक्रियाबाट सन् १८७४ मा पावल मुलर नामक वैज्ञानिकले म्म्त् मा किटनासक गुण पत्ता लगाएपछि विश्वमा रासायनिक बिषादीको प्रयोग सुरू भएको मानिन्छ ।
तत्पश्चात् क्रमिक रूपमा विभिन्न प्रकारका फरक–फरक कार्यशैली र प्रकृति भएका रासायनिक बिषादीहरूको अनुसन्धान, विस्तार र प्रयोगको होडबाजी नै चल्यो । सुरूको चरणमा म्म्त् लगायतका बिषादी औलो नियन्त्रणका लागि विश्वभरि नै बिक्री तथा प्रयोग गरियो । दोस्रो विश्वयुद्धको समयमा सैनिकहरूलाई जुम्रा मार्नको निमित्त म्म्त् को वितरण गरिएको भन्ने तथ्यहरू पनि भेटिन्छन् ।
तर समय बित्दै जाँदा हानिकारक रासायनिक बिषादीको प्रयोगको कारणले विभिन्न समस्याहरू देखिन थालेपछि भने रासायनिक बिषादीको नकारात्मक प्रभावको बारेमा वैज्ञानिक अध्ययन गरी सोको प्रयोगमा बन्देज लगाउने जस्ता क्रियाकलाप भने नभएका हैनन् ।
सन् २००१ मा सर्वप्रथम म्म्त् कै प्रयोगमा विश्वव्यापी बन्देज लगाइयो । सोही क्रममा द्यज्ऋ, ःयलयअचयतयायक, ँयचबतभ लगायतका विभिन्न अति हानिकारक बिषादीको प्रयोग बन्द गरियो ।
बढदो जनसंख्या र चुलिदो शत्रुजीवको आक्रमण र क्षतिलाई कम गर्न यस्ता रासायनिक बिषादीको प्रयोग गरिने भएता पनि यिनको प्रयोग विधि र मात्राको बारेमा जानकारी गराउन वा जानकारी लिन अति नै अपरिहार्य छ ।
विशेषत रासायनिक बिषादीको प्रयोगबिना नै खेतीपाति गरिनु बुद्धिमानी हुन्छ । तर गर्नु नै पर्ने अवस्थामा भने उपयुक्त बिषादी छनौट गरी सही मात्रा र सही तरिकाले सिफारिस बमोजिम प्रयोग गर्नुपर्दछ । त्यस्तै प्रयोगपश्चात् पर्खनुपर्ने म्याद पर्खेर मात्र उपज लिनु या उपभोग गर्नुपर्दछ ।
बिषादीको प्रयोग गरी देखिएका नकारात्मक असरहरूको अध्ययनपछि मात्र कुनैपनि बिषादीको प्रयोगमा बन्देज लगाउनु भनेको मानव जातिको लागी विकास गरिएको प्रविधिलाई मानवमै परिक्षण गर्नु हो । अप्रत्यक्ष रूपमा हामी आफै प्रयोगशाला हुनु हो ।
रासायनिक बिषादी भनेको जीवनासक गुण भएको बिष नै हो । शत्रुजीव (किरा, ढुसी, जीवाणु, शाकाणु, मुसा, छुचुन्द्रा वा झार) को वृद्धि विकास रोक्ने, मार्ने वा नियन्त्रण गर्ने क्षमता भएका रासायनिक तत्व या यौगिकहरूलाई बिषादी भनिन्छ ।
यि बिषादीहरूको सही प्रयोगबाट शत्रुजीवको सफल नियन्त्रण सम्भव छ । तर यि बिषादीहरूको सिफारिस मात्रा, तरिका अनुरूप नै प्रयोग गर्नुहुन्छ । तर दुर्भाग्यको कुरा के छ भने किसानहरूको मानसिकतामा बिषादी भनेको औषधि हो, यसले बिरूवाको वृद्धि विकासमा सहयोग गरी उत्पादन बढाउँछ, विषादीको प्रयोगबिना खेतीपाति सम्भव छैन भन्ने गलत सोचले जरो गाडेर बसेको छ ।
रासायनिक बिषादीको बारेमा किसान वर्गहरूमा शिक्षा वा जनचेतनाको कमीको कारणले गर्दा रासायनिक बिषादीलाई धेरै किसानहरूले औषधि भनेर बुझ्ने गरेको भेटिन्छ । जुन शतप्रतिशत गलत हो । चिकित्सकले मानव स्वास्थयमा समस्या आउँदा सिफारिस गर्ने औषधि जसरी रासायनिक बिषादीलाई बुझनु गलत नै हो ।
रासायनिक बिषादी कुनै एक रासायनिक तत्वको झोल, धुलो या दाना होइन । अनेक ढुसी, जीवाणु, शाकाणु या किरा नास गर्न सक्ने गुण भएका रासायनिक तत्वहरूको निश्चित मात्राको समिश्रण हो जसमा सक्रिय या निस्क्रिय दुबै रसायनहरू हुन्छन् ।
बिषादीको प्रयोगपछि विरूवाको शरीरभित्र प्रवेश गरी विरूवालाई आक्रमण गर्न आउने शत्रुजीवको शरीरमा असर पु¥याउँछन । तर शत्रुजीवको सफल नियन्त्रणको लागि भने सही बिषादी सही मात्रा र सही तरिकाले प्रयोग गर्नुपर्दछ ।
बिषादी कस्तो रसायन हो भन्ने प्रश्न पनि आउन सक्छ । सामान्य भाषामा भन्ने हो भने कुनै पनि रासायनिक बिषादी एकमात्र रसायनबाट उत्पादन गरिएका हँुदैनन् । बिषादीय गुण भएका विभिन्न रासायनिक संरचनायुक्त तत्वहरूको सही मिश्रणबाट मात्रै बिषादी तयार गरिन्छन् ।
विभिन्न रासायनिक संरचना र गुण भएका अर्गानोक्लोरीन, अर्गानोफस्फेट कार्बामेट, पाइरेथ्रीन, पाइरिथ्रोइड आदि समूहमा पर्ने विभिन्न तत्वहरूमा आधारित रहेर निर्माण गरिने यस्ता जीवनाशक गुण भएका रसायनहरूलाई नै बिषादीको रूपमा प्रयोग गरिन्छ ।
जसको प्रयोगले जीवको नास भई बाली सुरक्षित रहन्छ । तर बिषादीको प्रयोगले विरूवाको स्वास्थमा प्रत्यक्षरूपमा अनकूलता भने ल्याउदैन । अति सर्तकता अपनाउनुपर्ने यस प्रक्रिया वैज्ञानिकहरूको प्रत्यक्ष निगरानीमा गरिन्छ । उत्पादनपश्चात् बिषादी सफल भए नभएको जाँच गरिन्छ र सफल प्रयोगपश्चात् मात्र बिषादी बजारमा आपूर्ति गरिन्छ ।
सामान्य रूपमा बुझ्ने हो भने, रासायनिक विषादीहरूलाई विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ । लक्षित जीवको आधारमाः ढुसीनासक, किटनासक, विषाणुनासक, शाकाणुनासक, मुसानासक, छुचुन्द्रानासक आदिमा वर्गीकृत गर्न सकिन्छ । शत्रुजीवको नियन्त्रण गर्नुपूर्व रासायनिक कुन विषादीले कुन शत्रुजीव नियन्त्रण गर्दछ भन्ने बिषयमा पूर्ण जानकार हुनु आवश्यक छ ।
जस्तैः उदाहरणको लागि अमेरिकी फौजी किरा विशेषत मकै बालीमा क्षति पु¥याउने किरा हो । जसको नियन्त्रणको लागि किटनासक बिषादीको प्रयोग गर्नुपर्दछ ।
त्यस्तै बाली रोगको नियन्त्रणको लागि रोगको कारक तत्वको बारेमा समेत जानकारी हुनुपर्दछ । जस्तैः आलुमा लाग्ने अगौटे वा पछौटे डढुवा ढुसीजन्य रोग हो । यसको नियन्त्रणको लागि ढुसीनासक बिषादी नै प्रयोग गर्नुपर्दछ ।
तर किसानहरूले औषधि त हो नि भन्ने मानसिकताले गलत बिषादीको छनौट गरी गलत तरिका र गलत मात्रामा प्रयोग गरिरहेको पाइन्छ, जो एकदमै जोखिमपूर्ण कार्य हो । यसको अलावा रोग किरा नियन्त्रणको रासायनिक उपाय नै अपनाउनुपर्ने खण्डमा कृषि प्राविधिकको सल्लाह अनुसार सिफारिस मात्रामा रासायनिक बिषादीको प्रयोग गर्नुपर्दछ । अन्यथा, उत्पादन मूल्यमा वृदि भई व्यवसायमा नोक्सान हुने, मानव स्वास्थ्य तथा पर्यावरणमा प्रतिकूल असर पर्दछ ।
त्यस्तै बिषादीको काम गर्ने तरिका वा कार्य प्रकृतिको आधारमा रासायनिक बिषादीलाई तीन भागमा विभाजित गर्न सकिन्छः–
१. सम्पर्क बिषादी
यी बिषादीहरू कम घातक वा अन्य विषादीको तुलनामा सुरक्षित विषादीको रूपमा लिइन्छन् । सम्पर्क बिषादीहरूको प्रयोगपश्चात् सम्पर्कमा आउने किराहरूको छालामा टाँसिएर किराहरूको नियन्त्रण गर्दछन् । सामान्यतया यी बिषादीहरू नरम छाला भएका किराहरू जस्तै लाही का नियन्त्रणमा प्रभावकारी हुन्छन् ।
२. आन्तरिक बिषादी
आन्तरिक बिषादीहरू प्रयोग पश्चात् किराहरूको पेटमा पुगी असर सुरू गर्दछन् । यी बिषादीहरू विशेष किरा नियन्त्रणको लागि प्रभावकारी हुन्छन् । बिषालुपनाको आधारमा यी बिषादीहरूलाई मध्यम बिषालु बिषादी समूहमा राख्न सकिन्छ ।
३. दैहिक बिषादी
यी विषादीहरू चुसेर क्षति पु¥याउने किराहरूको नियन्त्रणको लागि प्रभावकारी हुन्छन् । यी बिषादीहरूको कार्यशैली भने अनौठो छ । बिषादीको प्रयोगपछि बिरूवाको तन्तु र कोषहरूमा पुगी बस्दछन् ।
शत्रुजीवले बिरूवाको कुनैपनि भागलाई आक्रमण गर्न आएमा शत्रुजीवको शरीरमा सजिलै प्रवेश गर्दछन् । यसप्रकारका बिषादीहरू अति नै प्रभावकारी हुन्छन् तर बिरूवाको हरेक कोषमा जम्मा भएर बस्ने भएकाले उपज उपभोग गर्दा सजिलै मानव शरीरमा प्रवेश गरी शरीरको कोष या तन्तुहरूमा बस्दछन् र दीर्घकालिन असर पु¥याउँछन् ।
बढदो जनसंख्या र चुलिदो शत्रुजीवको आक्रमण र क्षतिलाई कम गर्न यस्ता रासायनिक बिषादीको प्रयोग गरिने भएता पनि यिनको प्रयोग विधि र मात्राको बारेमा जानकारी गराउन वा जानकारी लिन अति नै अपरिहार्य छ ।
विशेषत रासायनिक बिषादीको प्रयोगबिना नै खेतीपाति गरिनु बुद्धिमानी हुन्छ । तर गर्नु नै पर्ने अवस्थामा भने उपयुक्त बिषादी छनौट गरी सही मात्रा र सही तरिकाले सिफारिस बमोजिम प्रयोग गर्नुपर्दछ ।
त्यस्तै प्रयोगपश्चात् पर्खनुपर्ने म्याद पर्खेर मात्र उपज लिनु या उपभोग गर्नुपर्दछ । रासायनिक बिषादी उत्पादन गर्नुभन्दा पहिले उक्त रसायनको बारेमा विस्तृत अध्ययन गरी त्यसको मात्रा, प्रयोग विधि र पर्खनुपर्ने समयको बारेमा सिफारिस गरिन्छ । जसको अबलम्वन नगर्नु घातक सावित हुनसक्छ ।
रासायनिक बिषादीको प्रयोग गरेर बाली उत्पादन घटाउने शत्रुजीवको नियन्त्रण गर्न त सकिएला तर त्यसले मानव स्वास्थ्य पर्यावरणमा पार्ने नकारात्मक असरको लेखाजोखा गरिएन भने मानव सभ्यताकै ठूलो त्रुटी हुनेछ । बिषादीको सिफारिस गर्दा लक्षित जीवको नियन्त्रण गर्न कति मात्रामा प्रयोग गर्नुपर्दछ भन्ने कुरालाई उक्त जीवमाथि परिक्षण गरिन्छ र लक्षित जीवको शरीरको तौल अनुसार बिषादी सिफारिस गरिन्छ जो मान्छेको तौलसँग तुलना गर्दा निकै कम हुन जान्छ ।
जसको कारणले गर्दा बिषादी प्रयोग गरिएको खानेकुरा खाँदा हामीमाथि तत्काल कुनै प्रतिक्रिया देखिदैन । तर निरन्तर बिषादीयुक्त खानेकुराको प्रयोगले गर्दा भने हाम्रो शरीरमा उक्त बिषादीको मात्रा बृद्धि हुँदै जाने र दीर्घकालिन असर पु¥याउँदछ ।
तसर्थ रासायनिक बिषादीको असर तत्काल नदेखिए पनि यसको दीर्घकालिन असर हुने भएकाले बिषादीलाई औषधि नभई बिष नै भनी बुझ्नु बुझाउनु जरूरी छ ।
शत्रुजीवको नियन्त्रणको लागि कृषि प्राविधिक वा विज्ञको सल्लाह लिनु आवश्यक रहन्छ । तर प्राविधिक वा विज्ञहरूले पनि शत्रुजीवको नियन्त्रणको लागि रासायनिक विधिलाई प्राथमिकता दिई नियन्त्रण प्रक्रियाको प्रथम चरणमा नै रासायनिक बिषादीको सिफारिस गरिरहेका छन् । जसले रासायनिक बिषादीको प्रयोग बढेको छ ।
रासायनिक बिषादी किनबेच गर्ने व्यापारीहरू समेत बिषादीको बिषयमा जानकार नभई अनुमानको आधारमा बिषादीको सिफारिस गर्ने, बिषादी कम्पनीको अफरको लोभमा आवश्यकताभन्दा धेरै बिषादी सिफारिस गर्ने, सुरक्षितभन्दा हानीकारक बिषादी सिफारिस गर्नेजस्ता गरैकानुनी ढंगले बिषादी व्यापारलाई आयआर्जनको स्रोतको रूपमा लिदा पनि बिषादीको प्रयोग दिनानुदिन बढदै गएको छ ।
रासायनिक बिषादीको प्रयोगले रोग किराको नियन्त्रण केही समयको लागि प्रभावकारी देखिए तापनि दीर्घकालिन रूपमा भने यसको प्रभावकारिता कम हुँदै जान्छ ।
प्रत्येक पटक रासायनिक बिषादीको प्रयोगले रोगका कारक तत्वहरू वा किराहरूमा बिषादी थेग्न सक्ने क्षमता वृद्धि हुन्छ जसको कारणले गर्दा सोही शत्रुजीवको नियन्त्रणको लागि पनि पहिलेभन्दा बढी बिषादीको प्रयोग गर्नुपर्ने वा सही बिषादीको प्रयोग गर्दा पनि नियन्त्रण नहुने समस्या देखिन्छ । अतः नाफामुखी कृषि व्यवसाय मात्र आजको आवश्यकता नभई स्वस्थ उत्पादनमुखी व्यवसाय नै दिगो र फलदायी छ भन्ने कुरा मनन गर्नु अति नै आवश्यक छ ।
बिषादीको प्रयोगबिना नै प्राकृतिक रूपमा शत्रुजीवको नियन्त्रण विधिबारे अध्ययन अनुसन्धान र प्रयोग गर्नु, हानिकारक बिषादीको प्रयोग अन्त्य गरि पर्यावरणको संरक्षण गर्नु मानव जातिको कर्तव्य पनि हो ।
(दाहाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रि.वि.स्नातक कृषि विज्ञानमा अध्ययनरत छन् ।)