- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरराष्ट्रिय परिषद् दाङमा हुने

राष्ट्रिय परिषद् दाङमा हुने

- Advertisement -spot_img

तुलसीपुर, ६ साउन । मानव अधिकार तथा शान्ति समाज नेपालले आफ्नो राष्ट्रिय परिषद बैठक दाङमा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिले राष्ट्रिय परिषद बैठक आगामी मंसिर २७ र २८ गते दाङमा गर्ने निर्णय गरेको हो ।
समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय परिषद बैठक दाङमा गर्ने अवसर दिएकोमा केन्द्रीय कार्यसमितिलाई आभार प्रकट गरेको छ ।
बैठकले राष्ट्रिय परिषद बैठकले दाङसहित यस क्षेत्रको पर्यटन प्रवद्र्धन, शान्ति स्थापना टेवा पुग्ने अपेक्षा गरेको छ । राष्ट्रिय परिषद बैठक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्न जिल्लाका सरोकारवालासँगको भेटघाट र छलफललाई अगाडि बढाउने गृहकार्य सुरु भएको सभापति रेग्मीले बताए ।
त्यस्तै बैठकले साउन १० गते तुलसीपुरको हिमाल एकाडेमीमा लागूपदार्थ दुव्यर्सनी तथा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । १८ गते शनिवार तुलसीपुरस्थित रिपोर्टर्स क्लवको सभाहलमा एकदिने मानव अधिकारसम्बन्धी अभिमुखीकरण आयोजना गर्ने निर्णय गरेको छ ।
जसको जिम्मा कोषाध्यक्ष अमृतकाजी शर्मालाई प्रदान गरिएको छ । बैठकले दाङ शाखाको साधारण सभा भदौ ७ गते शनिबार तुलसीपुरमा गर्ने निर्णय गरेको समाजको सचिव निर्मला योगीले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here