घोराही, ५ जेठ ।
राष्ट्रिय जनमोर्चा दाङको चौथो जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व आएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा महेश रिजाल, सचिवमा वसन्त पौडेल , सह–सचिव ऋषिराम पौडेल र कोषाध्यक्ष श्यामलाल पोख्रेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा शुक्रराज भण्डारी, तुल बहादुर योगीm चन्द्रबहादुर नेपाली खडानन्द खनाल, दिनमणि आचार्य, पदम प्रसाद गोराथोकी, केशवराज खनाल, सुशील पोख्रेल, ठाकुरप्रसाद आचार्य, हुमा मास्के, कृष्णा राना, कुलचन्द्र पोख्रेल, नवराज शमा, शारदा चौधरी, कपिलदेव खनाल, देवबहादुर विक, ठाकुरप्रसाद भण्डारी, लिला बहादुर पुन, राम फकिरे रैदास, टुकमान कुवर, तिलक राम घर्ती रहेका छन् । सम्मेलनले २३ पूर्ण सदस्य, पाचँ वैकल्पिक सदस्य र सात सल्लाहकार सदस्य गरेर जिल्ला कार्यसमिति गठन गरेको छ ।