Monday, March 25, 2024
Homeफिचरराष्ट्रिय चलचित्र महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन

राष्ट्रिय चलचित्र महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन

- Advertisement -spot_img

घोराही, १७ मंसिर । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन थालेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, फिल्म प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो ।
जस अनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लिलाधर वली, गोविन्द खड्का, गिरिराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ ।
भूपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नविन अभिलाशी, रिचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको फिल्म प्रदर्शन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी जंग रोकाको संयोजकत्वमा प्रेमा गैरे, बामदेव रिजाल, पूजा रिजाल, दिपेश पोख्रेल, चोभार पौडेल, मिनराज खड्का र अञ्जना कँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैर सरकारी निकाय तथा विभिन्न व्यक्तित्वहरूसँग सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ ।
प्रदेश नं ५ मा पहिलो पटक हुन थालेको राष्ट्रियस्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक केएल पीडितले बताए ।
महोत्सवमा ऐतिहासिक चलचित्रहरू प्रदर्शन गरिने छन् । त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौती लगायतका विषयमा राष्ट्रियस्तरको बहस गरिने उनले जानकारी दिए । महोत्वमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरका व्यक्तित्वलाई अवलोकन गराईने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here