- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयराष्ट्रिय खेलमय दाङ

राष्ट्रिय खेलमय दाङ

- Advertisement -spot_img

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका राष्ट्रिय खेलहरू धमाधम दाङमा हुँदा दाङ केही दिनदेखि खेलमय हँुदै आएको छ । चैत २७ गतेदेखि नै सुरु भएका राष्ट्रिय खेलकुदअन्तर्गतका प्रतियोगिताहरू बैशाख ११ गतेसम्म सञ्चालन हुनेछन् ।
केही प्रतियोगिता सकिसकेका छन् भने केही चलिरहेका छन् । अहिले केही सुरू हुँदैछन् । यहिक्रमले दाङमा सातवटा राष्ट्रिय प्रतियोगिताले दाङमा खेलको महत्व देखाएको छ । जिल्लामा तीनवटा प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् भने चारवटा चलिरहेका छन् ।
जसले सबै खेलप्रेमीहलाई खेल मैदानसम्म उतारेको छ । जसका कारण अहिले दाङ खेलकुदमय बनेको छ । जिल्लामा पहिलो पटक भएको राष्ट्रिय प्रतियोगिताले जिल्लाको खेलको विकासलाई अझ बलियो र सम्भावना बोकेको क्षेत्रको रुपमा चिनाई दिएको छ ।
दाङका मुख्य सहरहरू तुलसीपुर, घोराही, लमही अहिले खेलकुदमय बनेका छन् । तुलसीपुरको बेलझुण्डीमा एथ्लेटिक्सका खेलहरू भइरहेका छन् । तुलसीपुरमा कराँते खेल हुँदैछ । घोराहीमा बास्केट बल, टेबलटेनिस सकिएको छ ।
अहिले महिला फुटबल प्रतियोगिता भइरहेको छ । लमहीमा क्रिकेट भइरहेको छ । यी प्रतियोगिताहरूले आम जिल्लाबासीको मात्रै नभएर देशलाई खेलतर्फ तानेका छन् । यद्यपि औपचारिक रूपमा भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन बिहीबार मात्रै नेपालगंजमा गरिएको छ । तर दाङमा भने तीनवटा खेल सम्पन्न भइसकेका छन् ।
यो प्रतियोगिताले स्मार्ट सिटी घोषणा गरिएको दाङमा खेलकुदमय भएको छ । प्रतियोगिताकै नाममा राम्रो र दीर्घकालिन खेलकुद पूर्वाधारहरु निर्माण भएका छन् । ती पूर्वाधारहरुको प्रयोगबाटै अब जिल्लामा नयाँ खेलाडी उत्पादन हुनेछन् भने पुरानालाई पुनरावृतिको अवसर देखिएको छ । प्रतियोगिताकै नामले बेलझुण्डीमा आधुनिक रंगशाला निर्माण भएको छ ।
लमहीमा अधूरो रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानले पूर्णता पाएको । घोराही र तुलसीपुर पनि केही अधूरा रहेका खेलकुद पूर्वाधारहरुले पूर्णता पाउनु जिल्लाको लागि उपलब्धि हो भने यो वातावरण सिर्जना हुनु खेलप्रतिको आस्था बढ्नु हो ।
दाङका तीनतहमै प्रतियोगिता सञ्चालनमा छन् । तीनै क्षेत्रमा दङ्गालीहरु अहिले खेलमा रमिरहेका छन् । आफूलाई अनुकूल हुने प्रतियोगितामा स्थानीयहरू प्रत्यक्ष सहभागी हुनुले खेलप्रतिको आस्था बढाएको देखिन्छ ।
दाङ राष्ट्रिय खेलकुदमय बन्दा जिल्लामा केही समस्या पनि देखिएका छन् । ती समस्याहरुलाई आयोजकहरूले सुधार गर्न सक्नुपर्छ । प्रतियोगितामा देखिएका कमजोरीहरूलाई आगामी दिनमा सुधार गरेर लैजानुपर्छ ।
प्रतियोगिता सञ्चालन गर्दे गर्दा समन्वय सहकार्य र सूचना अत्यन्त कमजोर देखिन्छ । यो पक्षलाई तत्काल सुधार गरेर यसको महत्वलाई अझ बढाउन र आगामी खेललाई प्रभावकारी बनाउन आयोजन लाग्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here