राष्ट्रिय एकता दिवसमा हिन्दूधर्मको चर्चा

फिचर मुख्य खबर

तुलसीपुर, २८ पुस । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिन तथा एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा हिन्दूधर्मको चर्चा भएको छ । देशको राष्ट्रिय एकता जोगाउनका लागि हिन्दूधर्मको परिपालना हुनु आजको आवश्यकता भएको बताए ।
राष्ट्रिय एकता र राष्ट्र निर्माणका अभिभावक पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्तीको अवसरमा शिव सेना नेपालले तुलसीपुरमा आयोजना गरेको श्री ५ बडामहाराजधिराजको दिव्य उपदेश तथा वर्तमान नेपालको अवस्थाका विषयक विचार गोष्ठीमा उनीहरुले यस्तो बताए हुन् । धर्म निरपेक्षको कारणले देशमा दिनप्रतिदिन हत्या र अपराध बढ्दै गएको बताउँदै उनीहरुले देशमा धर्म सापेक्ष हुन र हिन्दूधर्मलाई संस्थागत आवश्यक भएको बताए । नेपालको राजनैतिक अवस्थाले देशको न्याय र शान्ति हराएको वक्ताहरुले बताए । कार्यक्रममा श्री शिवशक्ति राउल्ले सद्धिनान्द फाउन्डेशन दाङका साधक सन्दिप लामिछानेले पृथ्वीनारायण शाह देशको गुरुतत्व भएको बताए । विदेशी संस्कृतिले नेपालको स्वाभिमान किनिरहेकाले यसलाई रोक्नुपर्ने उनको भनाइ छ । हिन्दूधर्मको संरक्षण गर्दै अब देशमा नयाँ एकता ल्याउनु आवश्यकता औँल्याए ।
पृथ्वीनारायण शाह देशको धरोहर भएकोले उनको इतिहासलाई अबको पुस्ताले जोगाउन आवश्यक भएको तुलसीपुर उपमहानगरका वडा नम्बर ५ वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले बताए । विदेशीको नक्कल गर्दै वर्तमान समयमा पृथ्वीनारायण शाहको इतिहास र हिन्दू धर्मलाई सिध्याएर हैकमवाद निम्त्याएको बताउँदै उनले भने–विदेशीको लालचले नेपालको इतिहास र धर्म सिध्याउने प्रवृत्तिको सबै मिली अन्त्य गर्नुपर्दछ । देशको राजनैतिक, आर्थिक, साँस्कृतिक, र कुटनैतिक अवस्थालाई सकारात्मक बाटोमा लैजानका लागि पृथ्वीनारायण शाहका उपदेशहरुलाई परिपालना गर्दै अगाडि बढ्नुपर्ने बताए । शिवसेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई शिव सेना नेपाल दाङका सचिव अषिताव लामिछानेले सञ्चालन गरेका थिए । उक्त अवसरमा शिव सेना नेपालले ¥यालीसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *