Friday, March 29, 2024
Homeफिचरराष्ट्रियसभा सदस्यको निर्वाचन तयारीमा आयोग

राष्ट्रियसभा सदस्यको निर्वाचन तयारीमा आयोग

- Advertisement -spot_img

काठमाडौँ, २४ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी गरेको छ । राष्ट्रियसभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरू गरेको छ । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ ।
राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले सरकारसँग परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए ।
निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ ।
तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, निर्वाचनका लागि कम्तीमा पनि ३५/४० दिन तयारीका लागि समय लाग्ने हुँदा सरकारलाई त्यही अनुसारले माघको ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेका हौँ, आयोगमा दर्ता भएका कुनै पनि दललाई सानो वा ठूलो भनेर हेरिएको अवस्था छैन, सबैप्रति समान व्यवहार गर्न÷गराउन प्रतिबद्ध छौं ।’
यो निर्वाचनबाट महिला ७, दलित २, अल्पसंख्यक २ र अन्यबाट सातजनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेले नतिजाको पूर्वानुमान गर्न सकिने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सहयोग हुने बताए ।
आयोगका अनुसार आगामी निर्वाचनमा प्रदेश नं. १ मा महिला १, दलित १ र अन्य १ गरी ३, प्रदेश नं. २ मा महिला १, दलित १, अल्पसंख्यक १ र अन्य १ गरी ४, प्रदेश नं. ३ मा महिला १ र अन्य १ जना गरी २ पदका लागि निर्वाचन हुनेछ ।
त्यस्तै गण्डकी प्रदेशमा महिला १ र अन्य १ गरी २ तथा प्रदेश नं. ५ मा महिला १, अल्पसंख्यक १ र अन्य १ गरी ३, कर्णाली प्रदेशमा महिला १, अन्य १ गरी दुई तथा सुदूरपश्चिम प्रदेशमा महिला १ र अन्य १ गरी १ पदका लागि आयोगबाट निर्वाचतको तयारी गरिएको छ ।
स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ । पहिलो पटक गोला प्रथाद्वारा १९ जनाको २ वर्ष, २० जनाको ४ र बाँकी २० जनाको कार्यकाल ६ वर्ष कायम गरिएको थियो । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा उक्त प्रयोजनका लागि दल दर्ता गराउनु पर्नेछ ।
यो निर्वाचनमा पनि अन्य निर्वाचनमा जस्तै दल दर्तादेखि प्रक्रिया सुरू गरी सदस्यहरूको पदावधि सकिनभन्दा ३५ दिन अघि नै नतिजा बुझाउनुपर्ने व्यवस्था ऐनले गरेको छ ।
निर्वाचन आयोगले दिएको सुुझावका आधारमा सरकारले मिति तोक्ने छ । निर्वाचन मण्डलमा रहेका सबै तहका व्यक्तिहरूको मतको भार भने फरक–फरक हुनेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपाङ्गता भएका व्यक्ति वा अलपसंख्यकसहित आठजना गरी ५६ जना निर्वाचनबाट आउने छन्
भने नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तिमा १ जना महिलासहित ३ जना मनोनित हुने व्यवस्था छ ।

यी सदस्यको हुँदैछ  पदावधि पूरा

नेकपाबाट नौजनाको पदावधि सकिँदैछ । पदावधि सकिनेमा डा युवराज खतिवडा, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली,
कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । डा. खतिवडा वर्तमान सरकारका अर्थमन्त्री हुन् । उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।
नेपाली काँग्रेसका सात सदस्यको पदावधि सकिँदै छ । पदावधि सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय, र धनकुमारी खतिवडा छन् ।
ती मध्य सुरेन्द्र राष्ट्रियसभामा प्रतिपक्षी दलका नेता र प्रसाई काँग्रेस प्रमुख सचेतक हुन् । राष्ट्रिय जनता पार्टीका दुई जना वृषेशचन्द्रलाल, रमेशप्रसाद यादव तथा समाजवादी पार्टीका राजकुमार यादवको पनि पदावधि सकिँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here