राष्ट्रपति रनिङ शिल्डको उपाधी मिड वेष्टलाई

खेलकुद मुख्य खबर समाज

शान्तिनगर, ३ असार । शान्तिनगर गाउँपालिकामा सञ्चालन भएकोे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मिडवेष्ट एकाडेमीले हात पार्न सफल भएको छ  ।
शान्तिनगर गाउँपालिका वडा नं ७ स्थित श्री मावि धनौरीमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मिडवेष्टले एथ्लेटिक्समा १७ र भलिबलमा १ गरी ३० स्वर्ण पदकमध्ये १८ स्वर्ण पदक हात पार्दै प्रतियोगितामा प्रथम भएको हो ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता तथा शिक्षा समन्वय इकाई प्रमुख सुरेश कुमार जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मिडवेष्टले अन्य २ रजत र ४ पदक गरी जम्मा २४ पदक हात पार्न सफल भएको छ ।
यस्तै प्रतियोगितामा ३ स्वर्ण र २ रजत पदक प्राप्त गर्दै जनकल्याण मावि शिम सुन्दरपुर दोस्रो भएको छ भने विरेन्द्र मावि खितलपुर ३ स्वर्ण र १ रजत हात पार्दै तेस्रो स्थान प्राप्त गरेको छ  ।
यसैगरी भलिवल प्रतियोगितामा वेस्ट प्लेयरको उपाधी भिष्मा वलीले हात पार्न सफल भएकी छन् भने एथ्लेटिक्समा छात्रा मोनिका विष्ट र छात्र शिवराज डाँगीले वेष्टप्लेयरको उपाधी हात पारेका छन् ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गतका विभिन्न खेलमा भावना डाँगी, अञ्जना बुढाथोकी, मोनिका विष्ट र भागवत बुढाथोकी उत्कृष्ट खेलाडीमा पर्न सफल भएका छन् ।
प्रतियोगिता गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता तथा शिक्षा इकाई दाङका प्रमुख सुरेश कुमार जोशीको प्रमुख आतिथ्यता तथा एनप्याब्सनका प्रदेश अध्यक्ष सुवोध कुमार डाँगी, खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख घनश्याम वली, वडा नं. ६ का रवि बुढाथोकी र वडा नं. ७ का पिमलाल वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *