राष्ट्रपति रनिङ शिल्डको उपाधी मिडवेष्टलाई

खेलकुद मुख्य खबर

शान्तिनगर, २ असार ।
शान्तिनगर गाउँपालिकामा सञ्चालन भएकोे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मिडवेष्ट एकाडेमीले हात पार्न सफल भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ७ स्थित श्री मावि धनौरीमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मिडवेष्टले एथ्लेटिक्समा १७ र भलिबलमा १ गरी ३० स्वर्ण पदकमध्ये १८ स्वर्ण पदक हात पार्दै प्रतियोगितामा प्रथम भएको हो ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता तथा शिक्षा समन्वय इकाई प्रमुख सुरेश कुमार जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मिडवेष्टले अन्य २ रजत र ४ पदक गरी जम्मा २४ पदक हात पार्न सफल भएको छ । यस्तै प्रतियोगितामा ३ स्वर्ण र २ रजत पदक प्राप्त गर्दै जनकल्याण मावि शिम सुन्दरपुर दोस्रो भएको छ भने विरेन्द्र मावि खितलपुर ३ स्वर्ण र १ रजत हात पार्दै तेस्रो स्थान प्राप्त गरेको छ ।
यसैगरी भलिवल प्रतियोगितामा वेस्ट प्लेयरको उपाधी भिष्मा वलीले हात पार्न सफल भएकी छन् भने एथ्लेटिक्समा छात्रा मोनिका विष्ट र छात्र शिवराज डाँगीले वेष्टप्लेयरको उपाधी हात पारेका छन् । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गतका विभिन्न खेलमा भावना डाँगी, अञ्जना बुढाथोकी, मोनिका विष्ट र भागवत बुढाथोकी उत्कृष्ट खेलाडीमा पर्न सफल भएका छन् । खेल सुवोध कुमार डाँगी, शिक्षा शाखा प्रमुख घनश्याम वली, वडा नं. ६ का रवि बुढाथोकी र वडा नं. ७ का पिमलाल वलीको उपस्थितिमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *