राम्रो कुरा पच्दैन, नराम्रो कुरा जज्दैन

विचार

समय हिजोको जस्तो सरल छैन । समय हिजोको जस्तो सहज छैन । समय हिजोको जस्तो सामान्य छैन । समय हिजोको जस्तो सकारात्मक छैन । समाज हिजोको जस्तो सभ्य छैन । समय हिजोको जस्तो उपयुक्त छैन । आजको समय अनेकौँ नकारात्मक उर्जाले भरिपूर्ण समय छ ।
कसैका लागि राम्रो कुरा गर्नु र सुनाउनु उसका लागि दुश्मन साबीत हुनु हो । सकारात्मक उर्जा हुने, सकारात्मक उर्जा दिने र सभ्य कुरा सिकाउनका लागि आजको समय फलामको चिउरा समान छ ।
एउटै व्यक्तिका लागि राम्रो कुरा सिकाउन एकदिन लाग्छ भने त्यहि व्यक्तिका लागि नराम्रो कुरा सिकाउन एक मिनेट पनि लाग्दैन । किनभने जति राम्रो कुरा गर्दा अमन र अपच लाग्छ त्यति नराम्रो कुरा गर्दा आनन्द र मज्जा लाग्छ ।
अमन र अपच लागेको कुरा सिक्ने र ग्रहण गर्ने कुनै चाहना हुन्न भने रमाईलो र मनोरञ्जन दिने कुरा सिक्न र सुन्न निकै ध्यान केन्द्रित हुन्छ । सिक्नेका लागि कस्तो अचम्म र सिकाउनेका लागि कस्तो अनौठो ? जुन कुरा नराम्रो र नकारात्मक छ, त्यो कुरा सिकाउनेका लागि प्रत्युपादक । तर सिक्नेका लागि ठीक यसको उल्टो हुने ।
नकारात्मक कुरा सिकाउन नहुने । राम्रो कुरा सिक्न नहुने । कति अप्ठ्यारो परिस्थिति ? यहाँ सिक्ने र सिकाउनेका लागि बडो गम्भीर मोड छ । सिक्नेले सकारात्मक सिक्दैन । सिकाउनेले सकारात्मक सिकाउन सक्दैन ।
अर्थात सिकाउनेले नकारात्मक सिकाउदैन । सिकाउनेका लागि नकारात्मक कुरा दुश्मन हो भने सिक्नेका लागि सकारात्मक कुरा दुश्मन हो । अब कसरी हामी गन्तव्यमा प्रवेश गर्छौँ ? सिक्नेले कस्तो कुरा सिक्ने हो र सिकाउनेले कस्तो कुरा सिकाउने हो ?
सिकाउने नराम्रो कुरामा ध्यानै दिन भएन र सिक्नेले राम्रो कुरामा मननै दिने भएन । आजको यो पछिल्लो समय यति जटिल बन्दैछ, जुन कुरा अनुमान गर्न गाह्रो र मुस्कील छ ।
स–साना बालबालिकादेखि लिएर ठूलैसम्मको सोच र विचार नै सकारात्मकभन्दा नकारात्मक कुराले भरिपूर्ण छ । सामान्य, सरल, सहज र सकारात्मक कुराप्रति कसैको ध्यान नै केन्द्रित छैन ।
जो असामान्य, जटील र नकारात्मक छ, त्यो प्रति सबैको ध्यान केन्द्रित छ । सुन्नेले यही चाहने । देख्ने यही चाहने, लेख्नेले यही चाहने । सबैका नजर–नजरमा यसैको बास छ । लाग्छ आजको युग नै नकाराम्क उर्जाले भरिएको उर्जा हो ।
हामीलाई गाउँघर, छरछिमेक तथा समाज यस्तो लाग्दैछ कि दोषपूर्ण को ? भन्नै गाह्रो छ । मानिस सामाजिक प्राणी हो । उसका लागि समाज चाहिन्छ । तर समाज कस्तो छ र समाज कतातिर छ ? भन्ने नै थाहा छैन ।
समाज बनाउने व्यक्तिले हो । तर यही व्यक्तिलाई थाहा छैन कि समाज कसरी बनाउने ? समाज बनाउने तरिका भए पनि उसले तरिका समाजमा प्रस्तुत गर्न सक्दैन । प्रस्तुत गर्ने हिम्मत गरिहाल्यो भनेपनि उसको आदर्श सुन्ने चासो र फुर्सद कसैलाई हुँदैन ।
समाजमा जान्नेको कमि छैन । समाजमा सुन्नेको कमि छैन । समाजमा बुझ्नेको कमि छैन । हरेक आफ्ना लागि प्रचुर र पर्याप्त छ । कसैले कसैलाई जान्दैन र कसैले कसैलाई मान्दैन । जाने पनि नजाने पनि ठूलो बन्ने परेको छ र ठूलो देख्नु नै परेको छ ।
जानेकालाई होच्याएर, खसाएर र गिराएर वा पछारेर किन नहोस् आफू माथि देखिनु नै प¥या छ । आफूले कति जानेको छ ? त्यो कुरा आफूलाई नै थाहा नहोला तर अर्काको दोहोला काट्नु नै प¥या छ । ज्ञान लिदा लाज हुने, ज्ञान दिदा अर्ति नपुग्ने । त्यसपछि के गर्ने ?
जसरी भएपनि ठूलै बन्नै परेन । कसैलाई जानेमाने स्वीकार्नु नै उपयुक्त लाग्दैन । कसैलाई आफूभन्दा महान भन्न र गन्न मन पर्दैन । अनि के गर्ने ? आज यसैको कारण राम्रो कुरा सबैलाई नपच्ने भयो । नराम्रो कुरा त त्यो कानुन सम्भत र आधिकारिक नै भएन ।
हामीले समाज कस्तो हुुनुपर्छ ? भनेर आफैले आफैलाई प्रश्न ग¥यौ भने, हामी आफै उत्तर दिन्छौ । ‘समाज सभ्य र भव्य हुनुपर्छ । समाज सभ्य हुने कसरी ? कसैले कसैलाई नटेरेर र कसैले कसैलाई सम्मान नगरेर सभ्य समाज बन्छ ?
आफू मात्र ठूलो बनेर समाज सभ्य र भव्य बन्छ ? समाज बनाउने कस्ले हो ? जुन व्यक्ति र शक्तिले सभ्य समाज बनाउने हो, ऊ व्यक्ति र शक्ति नै स्वयम् असभ्य र पाखे छ भने समाज सभ्य बन्छ कसरी ? समाजमा हरेकलाई आफ्ना कुरा सुनाउनको लागि हतार छ,

शक्तिबिना कुनै पनि कुरा सम्भव भन्ने कुराको पनि ज्ञान हुन नितान्त जरुरी छ । शक्तिबिना कुनै पनि कुरा सम्भव छैन् । त्यसैले सबैका लागि सकारात्मक उर्जा नै अपरिहार्य छ । मानिस दया त्यागेर निर्दयी बन्दैछ । मानिस माया त्यागेर घृणित बन्दैछ । मानिस करुणा त्यागेर पाषाण बन्दै छ । मानिस अहिंसा त्यागेर हिंस्रक बन्दै छ । आजको पछिल्लो सामयको निर्दयी, घृणित, पाषाण र हिंस्रकपन र व्यवहार नै नकारात्मक उर्जां हो । समाजलाई सभ्य हुनबाट पछि धकेल्ने नै यिनै कुरा हुन् ।

तर अर्काको कुरा सुन्न फुर्सद नै छैन । आफ्ना कुरा सुनाउन पाए दिन बितेको पनि थाहा नपाउने र अर्काको कुरा सुन्नुप¥यो भने किनेछ पनि दिन सरह हुने । यो प्रवृत्तिले आजको समाज जस्तो बन्नुपर्ने हो, त्यस्तै बन्छ ? पक्कै पनि बन्दैन ।
त्यसैले कुनैपनि व्यक्ति बन्न, परिवार बन्न, समाज बन्न वा सिङ्गोमुलुक बन्न राम्रो र सकारात्मक कुरालाई स्वीकार्नु पर्छ र ग्रहण गर्नुपर्छ । सकारात्मक उर्जाबिना कुनै कुरा सफल हुन सक्दैन ।
सकारात्मक सोंच, विचार र उर्जामा शक्ति हुन्छ भन्ने कुराको पनि ज्ञान हुन नितान्त जरुरी छ । शक्तिबिना कुनै पनि कुरा सम्भव भन्ने कुराको पनि ज्ञान हुन नितान्त जरुरी छ । शक्तिबिना कुनै पनि कुरा सम्भव छैन् ।
त्यसैले सबैका लागि सकारात्मक उर्जा नै अपरिहार्य छ । मानिस दया त्यागेर निर्दयी बन्दैछ । मानिस माया त्यागेर घृणित बन्दैछ । मानिस करुणा त्यागेर पाषाण बन्दै छ । मानिस अहिंसा त्यागेर हिंस्रक बन्दै छ ।
आजको पछिल्लो सामयको निर्दयी, घृणित, पाषाण र हिंस्रकपन र व्यवहार नै नकारात्मक उर्जां हो । समाजलाई सभ्य हुनबाट पछि धकेल्ने नै यिनै कुरा हुन् । दया, माया, करुणा र अहिंसा सभ्य समाजका चार खम्बा हुन् ।
यि चार खम्बा मध्ये एउटा कुनै पनि खम्बा पूर्ण छैन् र सम्पन्न छैन् भने त्यो सिंगो समाज बन्नै सक्दैन् । बनेपनि त्यो समाज भव्य र सभ्य बन्नै सक्दैन् ।
यि चारवटै कुरा भनेका राम्रो काम, राम्रो ज्ञान, राम्रो ध्यान, राम्रो कर्म, राम्रो संस्कारबाट उत्पन्न हुने हो । यसका लागि हामी सबै मानव प्राणी सकारात्मक सोंच र विचारको बन्नुप¥यो ।
सकारात्मक बन्नलाई कुनै खर्च पनि छैन् र लगानी पनि छैन् । केबल आफू र आफ्नो आत्मलाई परिवर्तन गर्नसके पुगिहाल्यो । सकारात्मक बन्नलाई कसैलाई केही दिनुपर्दैन् ।
केबल आफ्नो अन्तर हृदय र अन्तरआत्मले पवित्र व्यवहार र संस्कारको अवलम्बन गरे पुग्छ । एकदिन मन्दिर जाँदैमा सकारात्मक बनिदैन् । एकदिन स्नान गर्दैमा सकारात्मक बनिदैन् ।
एक दिन दानपुण्य गर्दैमा सकारात्मक बनिदैन् । सकारात्मक बन्नको लागि मन, बचन र कर्ममा शुद्धता हुनुप¥यो । मनले कसैलाई पनि कुभलो चिताउनुभएन । अनिमात्र बनिन्छ सकारात्मक ।
सकारात्मकले नै शक्तिको उत्पादन गर्दछ । शक्तिले नै दैनिकीलाई सहज र सरल बनाउँछ । हिजोको तुलनामा आज मानिस सर्वसम्पन्न छ । तथापि प्रश्न बडो जटिल र गम्भीर छ ।
हिजो सबथोकको अभाव हुँदा मानिस स्वस्थ, खुशी, सुखी, शान्त र दीर्घायु हुने तर आज सर्वसम्पन्न हुँदाहुँदै पनि दुखी, चिन्तित, आक्रान्त, अशान्त भयभियत, अस्वस्थ, अल्पायु किन हुने ?
यो सबै उर्जामा भर पर्ने कुरा रहेछ । हिजो मानिसमा कयौँ कुराको अभाव र असुविधा हुँदा हुँदै पनि सोच, चिन्तन, मनन् र विचार निकै धैर्यवान र सकारात्मक थियो ।
जसले गर्दा यावत कुराका अप्ठ्यारालाई पनि सरलतामा पु¥याउने शक्ति प्राप्त हुन्थ्यो, तर आज त्यो छैन् । सबै कुरा हुँदाहुँदै पनि मानिसमा धैर्यता छैन् । संयमता छैन् ।
शान्त र चित्त एकाग्र छैन् । सन्तुष्टि छैन् । अर्थात् कुनै पक्षमा सकारात्मक भाव र सकारात्मक उर्जा नै छैन् । जसको फल आज निकै भयावहको स्थितिमा छ ।
सम्पन्नताको अगाडि मानिस दुखित हुनु भनेको कम चुनौतीको अवस्था हो ? हामीलाई विपन्नताले सुखी बनाउँछ र सम्पन्नताले दुखी बनाउँछ, भन्यौँ भने हामी ठीक हुन्छौँ तर अवस्था त ठिक त्यस्तै नै छ नि ?
जुन समयको कुरा गर्दा पनि आजको पुस्तालाई कथा कहानीजस्तो लाग्दछ । त्यतिबेला मानिस कति नम्र, भद्र, शान्त र शतजीवि थिए । आजको विकासको युग, आज वैज्ञानिक युग, आज भौतिकवादको युग,
आज सुखी र समृद्धिको युग, आज सूचना र सञ्चारको युग, आज प्रविधिको युग, आज यन्त्र र उपकरणको युग, आज नयाँ युग तर पनि हरकिसिमले आकूल र व्याकूलको अवस्था किन ?
मानिसले कुन शक्ति र संयन्त्र गुमायो । मानिसमा धैर्यता किन अटेन् ? मानिसमा संयमता किन टिकेन ? मानिसमा किन अहमता किन टुटेन ? मानिसमा बिलासिता किन हटेन ? मानिसमा विवेकशीलता किन पलाएन ?
मानिसमा अज्ञानता किन फुटेन ? मानिसमा अहंकारिता किन टुक्रिएन ? मानिसमा घमण्डीपना किन चर्केन ? जसका कारण आफूले आफैलाई रोगी, भोगी, शोकी, र दुखी बनाईरहेको छ ।
मानिस हिजोभन्दा आज, आजभन्दा भोलि, भोलिभन्दा पर्सी यो निराशा र दुखीमा परिणत हुने क्रम बढ्दै जानेछ । किनभने यसको तथ्यांक नै भयावह भएर तेर्सिदै छ । मानिसले आफूले आफैलाई जस्तो ठाने पनि र आजको युग र समयलाई जति परिवर्तित र नौलो मानेपनि मानिसमा हुनुपर्ने मानवीय गुण र
मानवीय शक्ति क्षिण हुँदै गइरहेको अवस्था छ । यदि मानव दानवमा परिवर्तन हुनु र मानवीय गुणबाट अमानवीय गुणमा परिवर्तन हुनुलाई ठूलो विकास र परिवर्तन ठान्ने हो भने ठिकै छ अन्यथा यो समय निकै नकारात्मक उर्जाले भरिएको दोषी समय बन्दै छ । यसलाई बेलैमा सचेत भएर सबैले आ–आफ्नो क्षेत्रबाट नसच्याउने हो भने समय निकै कष्टकर बन्नेवाला छ ।
प्राप्त सुविधा जति पनि छन् ति सबै आफैमा साध्य होइनन्, ति त केवल साधन मात्र हुन् । यि सबै साधनको विवेकपूर्ण ढंगले परिचालन गरिएन र प्रयोग गरिएन भने त्यसको शिकार हामी स्वयं नै बन्ने छौँ । त्यसैले साधन स्रोतको आपूर्तिलाई नियन्त्रणमा राख्दै आफू चल्न सकिएन र सकारात्मक बन्न सकिएन भने पछिल्लो युग काल युग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *